बागलुङ । केही वर्ष पहिले जिल्लाको बरेङ गाउँपालिकाका स्थानियलाई सदरमुकाम बागलुङ बजार पुग्न दिनभर लाग्थ्यो । कच्चि सडकको यात्रा ठाउँ–ठाउँमा गाडी फस्ने हैरानी विहान गाडी चढ्ेपछि साँझामात्र सदरमुकाम पुग्थे । न सहजको यात्रा न समयमा काम कुनै कामका लागि जानुपरेमा एक दिन पहिले पुग्नु पथ्यौं र बास बस्नुपथ्र्याै । तर यस क्षेत्रमा निर्माण भएको मुख्य सडकको सुधारसँगै जिल्ला सदरमुकाम आउने समय दुई घण्टामै छोटिएको छ । बरेङबासी अहिले दुई घण्टामै सरर सदरमुकाम पुग्ने भएका छन । दुगर्म मानिएको बरेङ गाउँपालिका जोड्ने मुख्य सडकको रुपमा रहेको कुश्मिसेरा–नान्दुक बरेङ शान्तिपुर सडक खण्ड स्तरबृद्धि र कालोपत्रे भए सँगै दिनभरको बाटो दुई घण्टामा छोटिएको बरेङ गाउँपालिकाका अध्यक्ष कृष्ण प्रसाद शर्मा बताउँछन । ‘सदरमुकाममा कुनै काम परे पहिले अघिल्लो दिन नै पुगेर बास बस्नुपथ्यौं । यात्रा निकै सकसपुर्ण हुने थियो । अहिले सडक स्तरोन्नती भए सँगै बिहानै हिँडे दुई घण्टामै सदरमुकाम पुग्न सकिन्छ दश बजे पछि कार्यालयको काम सकेर बेलुका फर्किन भ्याईन्छ ।’ पुर्वाधार विकास कार्यालयको ३४ करोड रुपैयाँको लागतमा जैमिनी नगरपालिकाको राङखानी नान्दुक देखि बरेङसम्मको अधिकांश सडक कालोपत्र भए पछि बाटो छोटिएको शर्मा बताउँछन । बरेङमा उक्त सडक मात्रै नभएर अन्य ग्रामीण सडकसमेत बर्खामा चल्न सक्नेगरी स्तरीय बनाइएको गाउँपालिका अध्यक्ष शर्माको भनाइ छ ।
दुगर्म गाउँ सडकले सुगम बन्यो
बरेङ गुल्मी जिल्लासँग जोडिएकाले यहाँका जनताले प्रशासनिक कामबाहेक किनमेलका लागि गुल्मी हुँदै बुटवल पुग्ने गर्थै सडक भए सँगै अधिकाशं अहिले सदरमुकाम नै जाने गरेका छ । सडक पुगेपछि दुर्गम मानिएको बरेङ बिस्तारै सुगम बन्दै गएकामा स्थानीयवासीमा खुशी छाएको छ । ‘हामीले त गाउँमा यसरी कालेपत्रे बाटो भन्ने परिकल्पना पनि गरेका थिएनौं बरेङ गाउँपालिका–१ धुल्लुबास्कोटका लिलाधर शर्माले भन्छन्– अहिले गाउँकै बाटो कालोपत्र भयो, गाडीमा सरर हिड्न पाईएको छ ।, गाउँमा विकास भएको देख्दा खुशि छौं ।’ घरअघि नै कालोपत्र सडक आएपछि विकासको महसुस गरेको उनि बताउँछन
कुश्मिसेरा नान्दुक बरेङ शान्तीपुर सडक खण्ड अन्तरगत अहिले नान्दुक देखी बरेङ खण्ड धमाधम कालोपत्रे भै रहेको छ भने कुश्मिसेरा राङ्खानी नान्दुक खण्डमा स्तरोन्नती र ग्राभेल भएको छ । अधिकाशं सडक सुगम बाट दुर्गमबाट तर्फ कालोपत्रे भै रहँदा यहाँ दुर्गमबाट सुगमतर्फ सडक कालोपत्र भै रहेको छ । बरेङ खण्ड कालोपत्र भइसक्दासमेत पहिलो खण्ड कुश्मिसेरा–राङखानी सडक कालोपत्र हुन नसक्दा भने थोरै समस्या छ । राङ्खानी क्षेत्रको सडक कालोपत्रे भए अझै सहज हुने शर्मा बताउँछन ।
११ किमी सडकमा कालोपत्रे
सडक तथा पुर्वाधार निर्माणका काम अधिकांश निर्माण व्यवसायीले समयमा नसकेको अवस्थामा भने नान्दुक देखि बरेङसम्मको दोस्रो खण्डका रुपमा रहेको ११ किमी सडकमा अहिले धमाधम कालोपत्र भइरहेको छ । बागलुङको दक्षिण भेग जैमिनी नगरपालिका र बरेङ गाउँपालिकालाई समेट्दै गुल्मीको शान्तिपुर जोड्न पूर्वाधार विकास कार्यालय बागलुङले दुई खण्डमा गरी २१ किमी सडक कालोपत्रका लागि छुट्टाछुट्टै मितिमा ठेक्का लगाएको थियो । दोस्रो खण्ड कालोपत्र भएर सडकका कारण स्थानीयवासीको दैनिकी नै फेरिएको भए पनि तल्लो खण्ड अर्थात कुश्मिसेरा राङखानी सडक खण्डको काम भने सन्तोषजनक नभएको पूर्वाधार विकास कार्यालय बागलुङका प्रमुख इन्जिनियर गणेश सुवेदी बताउँछन । तल्लो खण्डको काम भने कुछुवाको गतिमा भएको सुवेदीको भनाई छ । ‘यो खण्ड ठेक्का सम्झौता भएको ४ वर्ष पुग्यो । १० किमी कालोपत्रेको जिम्मा पाएको निर्माण कम्पनीले सुस्त गतिमा काम गरेको छ । माथिल्लो राङ्खानी नान्दुक बरेङ खण्डको ११ किमिमा काम धमाधम भै रहेको छ । त्यो यसै वर्ष कालोपत्र सकिन्छ । तल्लो खण्डका निर्माण व्यवसायीलाई हामीले ताकेता गरेका छौं । ’
यस सडक खण्ड अन्तरगत राङ्खानी, नान्दुक बरेङसम्मको ११ किमी सडक मध्ये तीन किलोमिटर सडक ढलान र चार किलोमिटर सडक कालोपत्र सम्पन्न भइसकेको सुवेदीले बताए । बाँकी चार किमी सडकमा धमाधम कालोपत्रका लागि आवश्यक पूर्वाधारको काम भइरहेको पुर्वाधार विकास कार्यालयले जनाएको छ ।
८५ प्रतिशत भौतिक र ७५ प्रतिशत आर्थिक प्रगति
११ किमी सडक पूर्वाधार सहित कालोपत्र गर्न २०७८ साउनमा दुई वर्षमा कालोपत्र र घुम्ती सडकमा ढलान गर्नेगरी रु ३४ करोड २५ लाख ३६ हजारमा रौताहखानी÷धुलिखेल जेभीसँग ठेक्का सम्झौता गरिएको थियो । पूर्वाधार कार्यालय अन्तर्गत कालोपत्र गर्न निर्माणको चरणमा रहेका छन् । सडकमध्ये सबैभन्दा पछि ठेक्का खोलिएको राङखानी–बरेङ सडकको नै हालसम्मको प्रगति सबैभन्दा बढी रहेको पूर्वाधार विकास कार्यालयका इन्जिनियर सुजन देवकोटाले जानकारी दिए । देवकोटाका अनुसार सडकको हालसम्म ८५ प्रतिशत भौतिक र ७५ प्रतिशत आर्थिक प्रगति भइसकेको छ । २०७६ असोजमा दुई वर्षमा कालोपत्र गर्नेगरी ठेक्का लगाएको कुश्मिसेरा– राङ्खानी सडक भने ठेक्का सम्झौताको चार वर्ष पुग्नै लाग्दासमेत १० किमी सडकको भौतिक प्रगति ५० प्रतिशत मात्रै भएको पूर्वाधार विकास कार्यालयले जनाएको छ ।
६ ठुला सडक निर्माणाधिन अवस्थामा
जिल्लाभर सञ्चालित छ ठूला सडकमध्ये राङ्खानीे नान्दुक हुँदै बरेङसम्मको सडक कालोपत्र भइरहेको छ भने २०७७ सालमा ठेक्का सम्झौता गरेको गलकोट देखि ताराखोला पुग्ने सडक सम्झौता मिति सकिएपछि कालोपत्रको काम सुरु भएको छ । त्यसैगरी २०७६ सालमा समmौता भएको बानपा ४ फेदी देखी मालिका कालिमाटी हुँदै धम्जा र तित्याङ हुँदै भैरवस्थान जोड्ने सडकको ७४ प्रतिशत काम सम्पन्न भएको ईन्जीनियर देवकोटाले जानकारी दिए । जिल्लाको पश्चिम ढोरपाटनको दवाडी, गादीखोला, हुँदै रुम म्याग्दी जोड्ने सडकको ४० प्रतिशत र खरीखोला हुँदै ताराखोला जोड्ने सडकको ७३ प्रतिशत प्रगती भएको पुर्वाधार विकास कार्यालयले जनाएको छ ।
सडक कालोपत्रे गरेपछि देखिएको धुल्लुबास्कोट गाउँको दृश्य ः तश्विर नारायण रिजाल ÷नयाँपत्रीका