देउवाले उपसभापति खड्कालाई कार्यवाहक सभापतिको जिम्मेवारी दिने

  • असोज २८, २०८२

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले उपसभापति पूर्णबहादुर खड्कालाई कार्यवाहक सभापतिको जिम्मेवारी दिने भएका छन्। आज पार्टी कार्यालय सानेपा बसेको केन्द्रीय समिति बैठकबाट देउवाले खड्कालाई कार्यवाहक सभापतिको जिम्मेवारी दिँदै छन् ।

कार्यवाहकको मस्यौदा पत्र तयार भइसकेको र आजै सम्बोधन गरेर औपचारिकता दिने वार्तामा सहभागी नेताले बताए । देउवा सम्भवतः भोलि नै उपचारका लागि सिंगापुर गएपछि बाँकी बैठक पनि खड्काले नै चलाउनेछन् । खड्का कार्यवाहक भएरै कांग्रेस महाधिवेशनमा जाने सम्भावना पनि बुझिएको छ ।

जेनजी आन्दोलनका क्रममा प्रदर्शनकारीको आक्रमणबाट घाइते भएका देउवा दम्पती थप उपचारको लागि सिंगापुरमा जाने तयारी गरेका छन्।

प्रतिक्रिया