नयाँ राजनिति परिस्थिती निर्माणका निम्ती निर्वाचन अपरिहार्य छ –प्रचण्ड

  • माघ २८, २०८२

बागलुङ - नेपाली कम्युनिष्ट पार्टीका संयोजक एवं पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले देशमा नयाँ राजनिति परिस्थिती निर्माण गर्नका निम्ती निर्वाचन अपरिहार्य भएको बताएका छन । बागलुङमा आयोजित नेकपा र राष्ट्रिय जनमोर्चाको संयुक्त जनसंवाद तथा भेटघाट कार्यक्रममा बोल्दै दाहालले देशमा आएको विषम परिस्थितीका कारण निर्वाचन आवश्यक भएको र राजनितिक परिवर्तनका निम्ती पनि निर्वाचनको विकल्प नरहेको बताएका हुन । 
“यो निर्वाचन नियमित पनि हैन, हामीले चाहेर आएको पनि हैन, असहाधारण परिस्थितीमा आईपरेको निर्वाचन हो, दाहालले भने,–‘यो निर्वाचनको सदुपयोग गरेर नयाँ राजनितिक धुव्रिकरणमा लैजान आवश्यक छ, निर्वाचनलाई सदुपायेग गर्नुको विकल्प छैन । जनताको सम्बन्धलाई सुदृढ गर्ने माध्ययम नै निर्वाचन हो त्यसैले सवै देशभक्ती र बामपन्थी अहिले निर्वाचनमा एक भर लागौ ।” उनले अहिलेको असहज अवस्थामा निर्वाचनले निकास दिने नदिने भन्दा पनि आगामी फागुन २१ मा निर्वाचन गर्नुपर्ने बाध्यता रहेको बताए ।  उनले निर्वाचनलाई जनता माझ जाने एउटा माध्ययम र अवसरको रुपमा लिएर जानुको विकल्प नरहेको बताए । 
दाहालले भदौ २३ गते र २४ गतेको आन्दोलनको भावना अनुरुप नेकपा आगाडी बढेको भन्दै अब परिवर्तनका निम्ती नेकपाकै नेतृत्व आवश्यक रहेको बताए । उनले  केही तत्वहरु जेनजी आन्दोलनकै भावना अनुसार नतिजा आउँछ भन्दै हिडे पनि त्यो असम्भव रहेको बताए । दाहालले फागुन २१ मा निर्वाचन हुँदैन भन्ने भ्रमबाट मुक्त भै आफ्ना उम्मेदवारलाई जिताउन कार्यकर्तालाई आग्रह गे । 
“हामी निर्वाचन हुँदैन भन्ने दुविधामा बस्न जरुरी छैन । केही तत्वले भ्रम छरेर हाम्रामे जनसम्बन्धमा प्रहार गर्न खोजेका छन उनले भने,–‘हामीले नयाँ राजनितिक परिस्थिती बनाउनुपर्छ, त्यसका लागि बागलुङका दुई क्षेत्रमा नेकपा र राष्ट्रिय जनमोर्चाका उम्मेदवार हुनुहुन्छ । उहाँलाई जिताउन आम मतदाताको घरघरमा पुग्ने गरी लागौं , आउने तिन हप्ता युद्धस्तरमा काम गरेर हाम्रा उम्मेदवारलाई जिताउने काम गरौँ ।” 
नेकपा मसालका महामन्त्री मोहनविक्रम सिंहसँग एउटै मञ्चमा आफुलाई पाउँदा खुसी व्यक्त गर्दै प्रचण्डले अधिकाशं समय उनकै प्रशंसामा विताए । उनले देश लोकतन्त्र र गणतन्त्रको रक्षा गर्न धेरै दल मिलेर नेकपा भएको र बागलुङमा जनमोर्चासँग चुनावी तालमेल गरेको बताए । प्रचण्डले आफु जनयुद्ध गर्ने प्रेरणा र कम्युनिष्ट आन्दोलनका हरेक शिक्षा मोहनविक्रम मार्फत प्राप्त गरेको बताए । 
“कमरेड मोहनविक्रमसँग म आज धेरै पछि एउटै मञ्चमा रहने मौका मिल्यो यो मेरा लागि अवसर पनि हो, आज अलि बढि गर्भ पनि लागेको छ उनले भने,–‘ नेपालको कम्युनिष्ट आन्दोलनमा उहाँको ठुलो भुमिका छ । उहाँकै प्रेरणाले म कम्युनिष्ट आन्दोलनमा लागेको हुँ, उहाँकै प्रेरणाले मैले जनआन्दोलनको सुरुवात गरेको हुँ , उहाँ मेरो प्रेरणाको श्रोत हो ।” उनले अबको समय नेपालका सवै कम्युनिष्ट र देशभत्ती एकै ठाउँमा हुनेपर्नेमा जोड दिए । 
 

प्रतिक्रिया

ताजा समाचार

लोकप्रिय