बागलुङ- लायन्स क्लव अफ धौलागिरि बागलुङले वर्ष २०२४,२५ मा गरेको कार्यहरु सार्वजनिक गरेको छ । शनिबार पत्रकार सम्मेलन मार्फत क्लबका अध्यक्ष गणेश महतोले वर्ष २०२४,२५ मा गरेको कामहरु सार्वजनिक गरेका हुन । क्लबले वर्षभरी सामाजिक सेवा, जनस्वास्थ्य, नेतृत्व विकास, वित्तीय साक्षरता र ट्राफिक सचेतनाको कार्यक्रमहरु संचालन गरेको छ ।
साथै क्लबले विद्यार्थीको मष्तिकलाई सशक्तिकरण गर्ने तालिम, शैक्षिक सामग्री वितरण, क्यान्सर पीडित र पहिरोपीडितलाई राहत वितरण पनि गरिएको बारेमा पनि जानकारी गराइएको थियो ।
क्लबले रक्त दान कार्यक्रम र जेठ १६ गते बडिगाड गाउँपालिकामा बृहत आँखा जाँच र मोतिया विन्दुको अप्रेसनको पनि शिविर संचालन गरेको अध्यक्ष महतोले जानकारी दिए । उनले आगामी असार १३ गते साझँ क्लबको पदस्थापना कार्यक्रम आयोजना गर्ने बताएको छ । क्लबलय यस वर्ष करिब १४ लाख बराबरको आर्थिक गतिविधि गरेको छ । । कार्यक्रम लायन्स क्लव अफ धौलागिरि बागलुङका अध्यक्ष गणेश महतोको अध्यक्षतामा सम्पन्न भएको थियो ।