चाडपर्व लक्षित यात्रु सहायता कक्ष संचालन

  • असोज ६, २०८२

बागलुङ- वडा दशै र तिहार लगायतका चाडपर्वहरु नजिकिए सँगै जिल्लाका विभिन्न स्थानमा यात्रु सहायता कक्ष संचालनमा ल्याईएको छ । चाडवाडको समयमा यात्रुलाई पर्ने समस्यालाई लक्षित गरी जिल्लाको मुख्य चार स्थानमा ‘यात्रु सहायता कक्ष’ स्थापना गरिएको हो । यात्रुलाई लामो र छोटो दुरीको यात्रा गर्दा समस्या नपरोस भनेर कक्षको स्थापना गरिएको जिल्ला ट्राफिक कार्यालय बागलुङका प्रमुख मिनबहादुर कुँवरले जानकारी दिए । 
बागलुङ जिल्लाको मुख्य प्रवेशद्वार मालढुङ्गा, जिल्ला ट्राफिक कार्यालय बागलुङको परिसर, गलकोटको हटिया बजार र वुर्तिवाङ बजारमा यात्रु सहायता कक्ष स्थापना गरिएको कुँवरले जानकारी दिए । चाडवाडको सयमा यात्रुलाई पर्न सक्ने असुविधालाई मनन् गर्दै भाडादरको सूचना बोर्ड सहित यात्रु सहायता कक्ष स्थापना गरिएको हो । यात्रुले सहायता कक्षबाट आफ्नो गन्तव्यको भाडादर हेर्न सकनेछन् । यात्रुलाई लामो र छोटो दुरीको यात्रा गर्दा समस्या नपरोस भनेर कक्षको स्थापना गरिएको कुँवरले बताए ।
‘जिल्लाभित्र चल्ने सवारीसाधन र बाहिरबाट भित्रिने सवारीसाधनमा यात्रा गर्दा यात्रुलाई समस्या पर्यो भने तत्काल समाधान गर्नको लागि कक्षको स्थापना गरिएको छ कुँवरले भने,–‘चाडपर्वको समयमा सवारी भाडाका कारण यात्रु ठगिने समस्या पनि हुन्छ यसका साथै सामान हराउने, क्षमताभन्दा बढी यात्रु राख्दा दुर्घटना हुने जोखिम कम गर्न सहायता कक्षा संचालनमा ल्याएका छौं २४ सैं घण्टा  खुल्ला रहनेछ ।’  सहयता कक्षा घटस्थापनाको दिन देखी छठ पर्वसम्म नै सञ्चालनमा रहने कुँवरले बताए । 
यात्रु सहायतका कक्षको बागलुङका प्रमुख जिल्ला अधिकारी कुमान सिंह गुरुङले शुभारम्भले गरेका थिए ।  उद्घाटनपछि बोल्दै गुरुङले चाडवाडमा यात्रु ठगिन नदिन यात्रु सहायता कक्षको स्थापना गरिएको बताए । उनले यात्रु ठगिएको सामान लुटपाट गरिएको लगायतको विषयमा तत्कालै उजुरी संगै सुनुवाई हुँने बताए । बागलुङमा राष्ट्रिय गौरवका आयोजना मध्यपहाडी लोकमार्ग, कालिगण्डकी करिडोरका साथै मुस्ताङ जाने सडक पनि पर्ने हुँदा यहाँ सवारी साधनको चाप बढि नै हुने गर्दछ । 

प्रतिक्रिया