बागलुङ- मानव सेवा आश्रम बागलुङ शाखाको भवन निर्माणका लागि आयोजित श्रीमत भागवत ज्ञान विज्ञान महायज्ञको सातौ दिनसम्म ८ करोड ९६ लाख ९५ हजार संकलन भएको छ । कात्तिक २१ गतेबाट संचालन भएको महायज्ञको सातौं दिन शुक्रबार मात्र मात्र १ करोड ३४ लाख ८० हजार संकलन भएको महायज्ञ मुल आयोजक समितिका सहसंयोजक राजु खड्काले जानकारी दिए । बागलुङ नगरपालिका–४ स्थित आश्रम निर्माणस्थल नजिकै भएको महायज्ञमा दाताहरुको भिड लागेको छ । महायज्ञमा बिहिबारमात्रै एक करÞोड ६२ लाख संकलन भएको खड्काले जानकारी दिए ।
महायज्ञमा बागलुङ, पर्वत, म्याग्दी लगायत देशका विभिन्न स्थानका साथै विदेशमा रहेका नेपालीहरूले पनि अनलाइनमार्फत सहयोग आई रहेको महायज्ञ मुल आयोजक समितिका कोषाध्यक्ष सरिता गौतमले जानकारी दिईन ।
शुक्रबार मात्र महायज्ञ मुल आयोजक समितिका संयोजक सहदेव राजभण्डारी र आनन्द प्रकाश राजभण्डारीले १० लाख ११ हजार १ सय ११ सहयोग गरेका थिए । महायज्ञमा हाल सम्मकै बढि रकम प्रदान गर्ने राजभण्डारी परिवार हुन ।
बागलुङ नगरपालिका ८ सिगाना हाल एनआरएन पोर्चुगलका अध्यक्ष बमबहादुर जिसी (किसान काजी) र इन्द्राकुमारी जिसीद्धारा ५ लाख ५५ हजार ५ सय ५५ रुपैयाँ सहयोग प्रदान भएको कोषाध्यक्ष गौतमले जानकारी दिईन । शुक्रबार नै बागलुङ बजारमा रहेको राज्यलक्ष्मी सुनचाँदी पसलबाट ५ लाख २५ हजार २ सय ७५ रुपैयाँ र डोलेन्द्रबहादुर खड्का तथा लिलावती खड्काको परिवारले १ लाख १ हजार १ सय ११ रुपैयाँ सहयोग गरेका छन । त्यसैगरी मालिका गाउँपालिका म्याग्दीबाट भवनको एक कोठा निर्माणका लागि ५ लाख ११ हजार रुपैयाँ सहयोग प्राप्त भएको मुल आयोजक समितिले जनाएको छ ।
आश्रमको एक कोठा निर्माणका लागि ५ लाख ११ हजार रुपैयाँ अधिकाशं संस्थागत रुपमा प्राप्त भएका छन । महायज्ञमा हाल सम्म पाँच हजार देखि १० लाख ११ हजार १ सय ११ रुपैयाँ सहयोग गरेका छन । आश्रमको भवन निर्माणका साथै १० करोडको अक्षयकोष स्थापनार्थ आयोजिन महायज्ञ देश तथा विदेशबाट पनि राम्रै सहयोग भएको आश्रमका केन्द्रिय अध्यक्ष रामजी अधिकारीले जानकारी दिए ।
सडक आश्रित, असहाय, अपाङ्ग, मानसिक रोगी तथा घरबार बिहिन सडक मानवको पुनस्र्थापनाका लागि निर्माणाधीन आश्रम बागलुङको भवनमा सहयोग पुग्ने उद्देश्यले आयोजना गरिएको यस महायज्ञमा दाताहरूको उल्लेखनीय सहभागिता रहँदै आएको छ ।
देश–विदेशमा रहेका बागलुङवासी, संघ–संस्था तथा सहयोगी व्यक्तिहरूले नगद, क्युआर कोड र अन्य माध्यममार्फत सहयोग प्रदान गरिरहेका छन् । महायज्ञ कात्तिक २९ गते सम्म चल्नेछ । महायज्ञमा योग शिविर, स्वास्थ्य शिविर तथा विद्यार्थीहरुका लागि नैतिक शिक्षा र सकरात्मक शिक्षाहरु पनि प्रदान गरिएको छ ।