बागलुङ- चाडपर्व नजिकिए सँगै बागलुङ नगरपालिका–१३ पैयुँपाटा काभ्रेडाँडाका स्थानियले आफ्नो समुदाय नजिकैको सडक सरसफाईमा जुटेका छन । बागलुङ सदरमुकाम देखी–पाग्जा बास्कोट हुँदै भैरवस्थान मन्दिर जाने सडकको स्थानियले सरसफाई गरेका हुन । वर्खाको समयमा नाली बुझिएर सडक विग्रिएको हुँदा सडकका खाल्टा पुर्नुका साथै सडक वरी परि रहेको घाँसपात हटाएका छन । बानपा १३ पैयुँपाटाका वडा सदस्य सुरज रिजाल र स्थानिय युवा महेन्द्र रिजालको नेतृत्व र सक्रियतामा झण्डै डेढ किलोमिटर सडक सफा गरिएको छ । गाउँलाई उदाहरणीय बनाउने धेयका साथ सडकका खाल्टा पर्नुका साथै वरिपरिका बुट्यान हटाउन र सडक सफा गरिएको हो ।
हाम्रो सडक सरसफाई गर्ने हाम्रो जिम्मेवारी भन्ने अभियानमा युवादेखि ज्येष्ठ नागरिकसम्मको सहभागितामा सडक सरसपफाई गरिएको स्थानिय युवा महेन्द्र रिजालले जानकारी दिए । सडकका खाल्डा फुर्नुका सथौ वरिपरिका फोहोर, प्लास्टिक, झारपात सफा गरी यस क्षेत्रलाई स्वच्छ र आकर्षक बनाईएको छ । उनले वडा कार्यालय र नगरपालिकाले विगतमा यस क्षेत्रको सडक र नालि सरसफाईमा खासै चासो नदिएपनि स्थानियले नै सक्रियता बढाएको बताए । ‘‘हाम्रो समाजमा हामी नै सक्रिय भयौं भने केही गर्न सकिन्छ भन्ने उदाहरणका निम्ती पनि काभ्रेडाँडाबासी सडक सरसफाईमा सक्रिय भएका हौं, रिजालले भने– यहाँको झण्डै डेढ किलोमिटर सडक र नाली सफा गरेका छौं, गाउँवरीपरिका गोरेटा बाटाहरु पनि सरसफाई गर्ने योजना बनाएका छौं । यो कामलाई हामी निरन्तरता दिनेछौं ।’ उनले सडकका खाल्टा फुर्नु र नालिको पानी हटाउँदा यातायातका साधन संचालनमा पनि सहज हुने बताए ।
स्थानीय समुदायको सक्रियता सडक सरसफाई अभियानले वातावरण संरक्षणमा सन्देश दिएको र सामुदायिक एकताको उदाहरण पेश गरेको वडा सदस्य सुरज रिजालले बताए । उनले सडक मठ मन्दिर सफा राख्ने दायित्व समुदायकै भएको हुँदा यहाँका स्थानियहरु सामाजिक काममा सक्रिय भएको बताए ।