काठमाडौँ । नेकपा माओवादी केन्द्रले मध्यपहाडी लोकमार्ग अन्तर्गत दोस्रो चरणको अभियानको खाका तयार पारेको छ । ‘जनतासँग माओवादी : मध्यपहाडी लोकमार्ग (पुष्पलाल मार्ग) जनजागरण अभियान’ जेठ महिनाभित्र सम्पन्न हुने गरी खाका तयार भएको केन्द्रीय कार्यालयका सचिव डोरप्रसाद उपाध्यायले जानकारी दिए । उपाध्यायका अनुसार अभियान जेठ २ गते सुदूरपश्चिमको बैतडी जिल्लाको पाटनमा अभियान उद्घाटन हुनेछ ।
कार्यक्रमको स्वरूप– मध्यपहाडी लोक मार्गमा पर्ने स्थानहरूमा पार्टीको प्रत्येक प्रदेश समितिले १–१ स्थानमा जनसभाको आयोजना गर्ने र प्रत्येक जिल्ला समन्वय समितिले ११ स्थानमा जनसंवादको कार्यक्रम आयोजना गर्ने । कोशी प्रदेशका जिल्लाहरूमा भइरहेको जनसभाहरूलाई अभियानकै कार्यक्रमको रूपमा समावेश गर्ने उनले बताए ।
बाँकी जिल्लाहरूमा अनुकूल समयमा जनसभाहरू आयोजना गर्नेछ । वैशाख २१ गते बसेको माओवादी पदाधिकारी बैठकले जेठ २ गतेबाट दोस्रो चरणको अभियान सञ्चालन जेठ २ गतेबाट सुरु गर्ने निर्णय गरेको थियो । महासचिव देव गुरुङको संयोजकत्वमा उपमहासचिवहरू गिरिराजमणि पौडेल र वर्षमान पुन रहेको तीन सदस्यीय कार्यदल गठन गरेको थियो । कार्यदलले सम्बन्धित प्रदेशका पदाधिकारीसँग समन्वय गरी अभियानको खाका बनाएको हो ।
यस्तो छ समय तालिका
२०८२ जेठ १ गते बेलुका डडेलधुरा
२०८२ जेठ २ गते बैतडीको पाटनमा जनसभा र डोटी दिपायल जनसम्वाद
२०८२ जेठ ३ गते, अछाम मङ्गलसेन जनसंवाद
२०८२ जेठ ४ गते, दैलेख सदरमुकाम जनसभा
२०८२ जेठ ५ गते, जाजरकोट खलङ्गा जनसंवाद
२०८२ जेठ ६ गते पश्चिम रुकुमको चौरजहारी जनसभा र मुसिकोट जनसंवाद
२०८२ जेठ ७ गते, पूर्वी रुकुमको रुकुमकोट जनसंवाद र रोल्पाको थबाङमा जनसभा
२०८२ जेठ ८ गते बागलुङ जनसंवाद
२०८२ जेठ ९ गते पर्वत कुस्मा जनसंवाद
२०८२ जेठ १० गते कास्की (पोखरा) जनसभा