गणेश मावि ४५ औं वर्षमा– सामुदायिक विद्यालयलाई आवासीय बनाउनुपर्छ  नगरप्रमुख– श्रेष्ठ

  • पुस २०, २०८२

बागलुङ - बागलुङ नगरपालिकाका नगरप्रमुख बसन्त कुमार श्रेष्ठले सामुदायिक विद्यालयमा अब आवमसीय सहितको अवधारणा ल्याउनुपर्ने बताएका छन ।  बागलुङ नगरपालिका –१४ नारायणस्थानमा रहेको गणेश माध्यामिक विद्यालयको ४५ औं बार्षिकोत्सवको उद्घाटन गर्दै उनले विद्यालयको शैक्षिक गुणस्तर सुधारका लागि आवसिय सहितको विद्यालय बनाउनुपर्नेमा जोड दिएका छन । श्रेष्ठले गुणस्तरिय शिक्षा प्रदान गर्नका निम्ती बागलुङ नगरपालिकाले विद्यालय मर्ज लगायतका काम गरेको हुँदा अब आवसिय विद्यालय बनाउनेमा पनि जोड दिने बताए । 
“बागलुङ नगरपालिकाले विद्यालय मर्जको अवधारणा ल्यायो अब भएका विद्यालयलाई नमुना विद्यालय बनाउनका निम्ती आवसीय सहितको विद्यालय बनाउने अभियान थाल्ने छौँ” नगरप्रमुख श्रेष्ठले भने, –“विद्यार्थी संख्या न्युन विद्यालय बढि बनाउनुभन्दा शिक्षाको गुणस्तर सुधारका लागि आवासिय सहितको विद्यालय बनायो भने राम्रो हुनेछ त्यसका लागि बागलुङ नगरपालिले आवश्यक परामर्श र तयारी समेत थालेको छ । उनले गत आ.व.मा नगरपालिकाले गरेको विद्यालय मर्जर निर्णयले शिक्षा क्षेत्रमा केही परिवर्तन आउने आशा रहेको बताए । श्रेष्ठले विद्यार्थीले प्रारम्भिक शिक्षा प्राप्त गर्न पाउने नैसर्गिक अधिकार रहेकाले आफ्ना बालबालिकालाई नियमित विद्यालय पठाउनका लागि अभिभावकलाई आग्रह गरे । उनले महंगो बन्दै गएको शैक्षिक क्षेत्रलाई राज्यले गुणस्तरियुक्त बनाउन, सामान्य नागरिककका बालबालिकाले शिक्षा आर्जन गर्ने थलो र वातावरण निर्माण गर्नुपर्ने स्थानिय सरकारको दायित्व भएको बताए । 
उनले देशको शैक्षिक क्षेत्रमा संस्थागत र सामुदायिक विद्यालयले महत्वपूर्ण योगदान गरेको चर्चा गरे । सामुदायिक र संस्थागत विद्यालयमा सबै बालबालिकाले सहज रुपमा पढ्ने वातावरण बन्नुपर्ने नगरप्रमुख श्रेष्ठको जोड थियो । उनले गणेश मावि जिल्लाकै नमुना विद्यालय भएको हुँदा यसलाई गण्डकी प्रदेशकै नमुना विद्यालयको रुपमा विकास गर्न सवैलाई सहयोग गर्न आग्रह गरे ।
बार्षिकोत्सवकै अवसरमा विद्यालयमा नवनिर्मित २१ कोठे भवनको उद्घाटन गरिएको छ । जिल्लाकै नमुना सामुदायिक विद्यालयको रुपमा रहेको यस विद्यालयमा ७०० जना भन्दा बढि विद्यार्थी अध्ययनरत रहेका छन । ति मध्य १६४ जना विद्यार्थी अन्य जिल्ला र स्थानबाट यस विद्यालयमा अध्ययनका लागि आएको  प्रध्यानाध्यापक एकनाथ रिजालले जानकारी दिए । विद्यालयमा छात्रबासको समेत व्यवस्था गरिएको छ । विद्यालयको नविनतम आयमका लागि विभिन्न जिल्लाबाट विद्यार्थी शिक्षक तथा अभिभावकहरु अध्ययन अवलोकनका लागि आउने गरेका छन । विद्यालयले हरेक वर्ष असल अभिभावक छनौट गरी सम्मान समेत गर्दै आएको प्रध्यानाध्यापक रिजालले जानकारी दिए । विद्यालयले आगामी दिनमा विग स्कुलको अवधारणा आगाडी सारेको छ भने आइसिटी हल सहित शैक्षिक संग्राहलयलाई व्यवस्थित गर्ने योजना बनाएको छ । 
बार्षिकोत्सवको अवसरमा बागलुङ नगरपालिका वडा नं. ११ का वडा अध्यक्ष एवं सामाजिक विकास समितिका संयोजक ज्ञानेन्द्र गौतम, वडा नं. १२ का वडा अध्यक्ष कोपिलामणी शर्मा, वडा नं. १३ का वडा अध्यक्ष नारायण शर्मा पौडेल, वडा नं. १४ का वडा अध्यक्ष चक्रबहादुर खत्री,जनताधन माविका प्रअ कुमार पौडेल, पूर्व विद्यार्थी एवं कुश्मिसेरा प्राथमिक स्वास्थ्य केन्द्रका डा. सुजन शर्मा विद्यार्थी अग्रता वि.क.लगायतले बोलेका थिए । 
कार्यक्रममा डा. सुजन शर्मा सहित वडा नंं. १३ का वडा अध्यक्ष नारायण पौडेल, स्थानिय समाजसेवी जगन्नाथ पौडेल इन्द्र पौडेल, पूर्व विद्यार्थी साधना पौडेल, सौगात पौडेल, सविना पौडेल लगायतलाई सम्मान गरिएको थियो । 
कार्यक्रममा विद्यालयका प्रधानाध्यापक एकनाथ रिजालले विद्यालयको प्रगती तथा आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए । 
कार्यक्रममा विद्यालयलाई विभिन्न स्तरबाट सहयोग गर्ने सहयोग दाता, पुर्व विद्यार्थी, शिक्षक लगायतलाई सम्मान गरिएको थियो । बार्षिकोत्सवको अवसरमा विद्यालयमा विभिन्न खेलकुदका कार्यक्रम तथा सांस्कृतिक कार्यक्रम संचालन गरिएको थियो । 
कार्यक्रम विद्यालय व्यवस्थापन समितिका अध्यक्ष बालमुकुन्द ढकालको अध्यक्षता व्यवस्थापन समितिका सदस्य स्वर्गेन्द्र बहादुर खत्रीको स्वागत तथा विद्यालय व्यवस्थापन समितिका सदस्य नारायण प्रसाद  श्रेष्ठ र शिक्षक अशोक सुवेदीको संचालनमा सम्पन्न भएको थियो । 

प्रतिक्रिया