यस्तो छ बालेनको क्याबिनेट

  • चैत १३, २०८२

नवनियुक्त मन्त्रीहरूले पनि पद तथा गोपनीयताको शपथ लिएका छन् । राष्ट्रपति कार्यालय शीतल निवासमा प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)ले शपथ लिएलगत्तै मन्त्रीहरूले पनि शपथ लिएका हुन् ।  उनीहरूलाई पनि राष्ट्रपति रामचन्द्र पौडेलले शपथ गराए ।  शपथ लिनेमा डा. स्वर्णिम वाग्ले (अर्थमन्त्री), सुधन गुरुङ (गृहमन्त्री), शिशिर खनाल (परराष्ट्र मन्त्री), सुनिल लम्साल (भौतिक पूर्वाधार, यातायात तथा शहरी विकास) र विराजभक्त श्रेष्ठ (ऊर्जा तथा जलस्रोत) छन् । 

यसैगरी, खडकराज पौडेल (संस्कृति, पर्यटन तथा नागरिक उड्डयन), सस्मित पोखरेल (शिक्षा, विज्ञान प्रविधि, युवा तथा खेलकुद), निशा मेहता (स्वास्थ्य तथा जनसंख्या र खानेपानी), डा. विक्रम तिमिल्सिना (सञ्चार तथा सूचना प्रविधि), प्रतिभा रावल (संघीय मामिला, सामान्य प्रशासन तथा भूमि व्यवस्था), सोविता गौतम (कानून न्याय तथा संदीय मामिला), गीता चौधरी (कृषि, पशुपन्छी वन तथा वातवरण), दीपक साह श्रम (रोजगार तथा सामाजिक सुरक्षा) र सीता वादी (महिला बालबालिका तथा जेष्ठ नागरिक) रहेका छन् ।

रक्षा, उद्योग तथा वाणिज्य मन्त्रालय भने प्रधानमन्त्री बालेनले नै राखेका छन् ।

प्रतिक्रिया