बागलुङमा स्कूल भ्यान दुर्घटना २६ जना घाइते 

  • माघ २९, २०८२

बागलुङ -बागलुङमा स्कूल भ्यान दुर्घटना हुँदा चालक सहित २६ जना विद्यार्थी घाइते भएका छन् । बागलुङ नगरपालिका १ रामरेखाको न्यु एभरेष्ट बोडिङ स्कुलका विद्यार्थी बोकेको भ्यान बागलुङ नगरपालिका ३ मध्यपहाडी लोकमार्ग देखी तल खसेको छ ।   विद्यार्थीलाई घर छाड्न गएको ग ३ च ८६२१ नम्बरको भ्यान आज दिउसो साढे ४ बजे दुर्घटना भएको हो ।

घाइतेहरुको उद्धार गरि उपचारको लागि धौलागिरी अस्पतालमा लगिएको जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी नायब उपरिक्षक बसन्त पाण्डेले जानकारी दिए । घाइते मध्य तीन जनाको अवस्था गम्भीर रहेको र उनिहरुलाई गण्डकी अस्पताल पोखरा रेफर गरिएको छ । 

भ्यान मध्यपहाडी लोकमार्गबाट करिब ६० मिटर तल खसेको उनले जानकारी दिए घाइते विद्यार्थीको पहिचान भइनसकेको प्रहरीले जनाएको छ । 

प्रतिक्रिया

ताजा समाचार

लोकप्रिय