“युगको आवश्यकता अनुसार मोबाईल पत्रकारिता”

  • कार्तिक २७, २०८२

बागलुङ- बागलुङ क्रियाशिल पत्रकारहरुका लागि दुई दिने मोबाई पत्रकारिता अर्थात मल्टिमिडिया सम्बन्धी तालिम संचालन गरिएको छ ।  नेपाल पत्रकार महासंघ बागलुङ शाखाको आयोजना तथा प्रेस रजिष्ट्रार कार्यालय गण्डकी प्रदेशको सहयोगमा बुधबारदेखि बागलुङमा शुरू भएको तालिमको गण्डकी प्रदेश प्रेस रजिष्ट्रार बिमला भण्डारीले उद्घाटन गरेकी छन । उद्घाटनपछि बोल्दै भण्डारीले आधुनिक युगमा पत्रकारिताको दायरा विस्तार भएको बताईन । उनले युगको आवश्यकता अनुसार नै यस्ता तालिमको आवश्यकता रहेको बताईन । भण्डारीले प्रविधिमा अब्बल पत्रकारनै आजको दिनमा टिक्न सक्ने भन्दै मोबाइल पत्रकारिता तालिमले बागलुङका पत्रकारहरुलाई पत्रकारितामा थप सघाउने बताइन ।

“शुरुमा मोबाइलबाट कसरी पत्रकारिता हुन्छ भन्ने गर्दथ्यौ, जमाना एआईको आइसक्यो, स्थलगत रुपमा नै समाचार दिन नसके अहिलेको जमनामा धेरै ढिला भइसक्छ” भण्डारीले भनिन् “ हामीले मोबाईल नै सामाजिक रुपमान्तरणको औजारको रुपमा प्रयोग गर्न सक्छौं यसले पत्रकारितामा पनि नयाँ आयाम थपेको छ अन्य जिल्लामा पनि नयाँ नयाँ गतिविधि गर्नेछौं । 
उनले प्रेस रजिष्ट्रार कार्यालय गण्डकी प्रदेशले गण्डकीका सबै जिल्लामा पत्रकारिता तालिम सञ्चालनको शुरुवात बागलुङ जिल्लाबाट गरेको  बताईन । 

तालिमको सहजीकरण नेपाल पत्रकार महासंघका पूर्व केन्द्रीय सदस्य एवं फोटो पत्रकार विकास कार्की गरेका छन । तालिम फोटो, भिडियो कसरी खिच्ने र आधुनिक प्रविधिको जमानामा मोबाइलबाटै भिडियो सहितको समाचार कसरी पस्कने विषयबस्तु केन्द्रीत रहेको छ । 

तालिममा बागलुङका ३५ जना पत्रकारहरुको सक्रिय सहभागिता रहेको पत्रकार महासंघ बागलुङका अध्यक्ष राम थापाले जानकारी दिए । उद्घाटन कार्यक्रम  अध्यक्ष थापाको अध्यक्षता तथा सचिव नारायण रिजालको सञ्चालनमा सम्पन्न भएको छ ।

प्रतिक्रिया

ताजा समाचार

लोकप्रिय