संविधानको समिक्षा गरी संसोधन गर्ने बेला भएको छ - अध्यक्ष प्रचण्ड

  • जेठ ८, २०८२

बागलुङ -  नेकपा माओबादी केन्द्रका अध्यक्ष एव्म पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले लोकतन्त्र र गणतन्त्रबाट प्राप्त भएको संविधानको समिक्षा गर्ने बेला आएको बताएका छन । मध्यपहाडी लोकमार्ग मा जनतासँग माओबादी अभियान कार्यक्रमको सन्र्दभमा बागलुङको गलकोटमा आयोजित सभालाई सम्बोधन गर्दै उनले संविधान निर्माणको १० वर्ष पुगेको र अब समिक्षा गरी संसोधन प्रक्रियाको थालनी गर्नुपर्ने बताए । उनले जनताको केही अधिकार संविधान निर्माणका क्रममा छुटेका र ति अधिकार थप्नका लागि सुझावका आधारमा संसोधन अगाडी बढाउनुपर्ने बताए । 
 
प्रचन्डले नयाँ आर्थिक र सांस्कृतिक क्रान्ति देशमा आवश्यक रहेको हुँदा यो माओबादी केन्द्रको अभियानमा तराई देखी पहाड सम्मका जनतालाई अपिल गरेर हिँडेका बताए । 

उनले आफ्नो पार्टीले देशमा गणतन्त्र स्थापना भएर नयाँ संविधान निर्माणकै बेलामा प्रत्येक्ष निर्वाचित कार्यकारी राष्ट्रपती व्यवस्थाप गर्ने प्रस्ताव राखेको र त्यो अब जरुरी रहेको बताए । ‘संविधानमा केही कुराहरु कमी रहेका छन । त्यो संसोधन गर्न आवश्यक छ, अध्यक्ष प्रचण्डले भने,–‘ प्रत्यक्ष निर्वाचित राष्ट्रपतीको व्यवस्था गरौ संघिय लोकतान्त्रिक गणतन्त्रलाई स्थायित्व गराउन केही कुरा मिलाउन आवश्यक रहेको छ । हामीले त्यतिबेला नै समावेशी र समानुपाति सिद्धान्त अनुसार लोकतान्त्रिक गणतन्त्रको घोषणा गरेपछि पुरानो सासकिय प्रत्यक्ष निर्वाचित राष्ट्रपतीय प्रणालीको व्यवस्था गरौ भनेका थियौं । उनले अहिलेका निर्वाचन प्रणाली पनि बढी खर्चिलो भएका हुँदा यसलाई पनि परिवर्तन गर्न आवश्यक रहेको बताए । 

उनले दुई राजमार्ग केन्द्रित अभियान संचालन गर्नु नेकपा माओबादी सँगको सम्बन्ध रहेको बताए । उनले यस क्षेत्रमा रहेका १ करोड नेपाली सँग सम्बन्ध जोड्नका लागि यो अभियान संचालन गरिएको बताए । 
प्रचण्डले बर्तमान सरकारले जनअपेक्षा बमोजिम काम गर्न नसक्दा जनताको बितृष्णा बढेको समेत बताए ।  देशमा भ्रष्टाचार, अनियमितता बढिरहेको र गरिव, दलित, किसान बर्गको समस्या बर्तमान सरकारले सुन्नै नचाहेको प्रचण्डको भनाई थियो । 
सरकारले गरिरहेको घमण्लाई नेकपा माओबादीले सचेत गराइरहेको तर सरकारले सुन्नै नचाहेका कारण यस्तै अवस्था रहे ठुलो विद्रोह हुन सक्ने बताउँदै सरकारले अझैपनी सच्चिएर देश र जनताको हितमा काम गर्न आग्रह 
 त्यस्तै अध्यक्ष प्रचण्डले हुलाकी मार्ग, मध्यपहाडी लोकमार्ग, मदन भण्डारी मार्ग लगाएत देशका महत्वपूर्ण राजमार्ग आफनो पहलमा भएको बताए । 
मध्यपहाडी लोकमार्ग अभियानमा रहेका प्रचण्ड सहितका नेताहरु बिहिबार साँझ माओबादी उद्गम स्थल बागलुङको ताराखोलामा सहिद परिवार संग भेटघाट गर्ने र शुक्रबार बाग्लुङ हुँदै पोखरामा पुगेर जेठ ११ गते जनसभा गर्ने कार्यतालिकामा रहेको छ । 

प्रतिक्रिया