बागलुङ - जिल्लाको जैमिनी नगरपालिका–१० नाम्दुकमा जिप दुर्घटना हुँदा ७ जना घाईते भएका छन । बागलुङ सरमुकाम देखी बरेङ गाउँपालिका तर्फ जाँदै गरेको ग १ ज ७४८० नम्बरको जिप घुम्ती मोड्ने क्रममा दुर्घटना भएको हो ।
दुर्घटनामा जिपका चालक बरेङ गाउँपालिका –१ बासकोटका रबि थापा, सोही स्थानका सुस्मिता परियार, विक्की परियार, सेती परियार, सुनिता परियार, मोहन परियार र चितवन भरतपुर महानगरपालिका– २६ का ज्योती मगर रहेको जिल्ला प्रहरी कार्यालय बागलुङका प्रमुख तिलक भारतीले जानकारी दिए ।
जिप घुम्ती मोड्ने बेलामा स्टेरीङ फेल भई सडक बाट अन्दाजी १५ मिटर तल खसी दुर्घटना भएको हो । घाईतेको उपचारका लागि धौलागिरी प्रादेशिक अस्पताल बागलुङ पठाईएको छ । घटनास्थलमा इलाका प्रहरी कार्यालयका प्रहरी निरिक्षक चन्द्र प्रसाद भण्डारीको कमाण्डमा ७ जना प्रहरीको टोली र स्थानिय उद्धार गरेका थिए । घाईतेका अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ ।