स्वच्छ समाज निर्माण गर्ने दायित्व आम नागरिक कै हो– मन्त्री श्रेष्ठ

  • पुस १३, २०७८

गण्डकी प्रदेश सरकारका शिक्षा संस्कृति विज्ञान प्रविधि तथा सामाजिक विकास मन्त्री मेखलाल श्रेष्ठले स्वच्छ समाज निर्माण गर्ने दायित्व आम नागरिककै भएको बताएका छन ।  बागलुङ नगरपालिका–३ मा रहेको सामुदायिक सेवा केन्द्र एवं सामुदायिक प्रहरी सेवा केन्द्रको नवनिर्मित भवनको शिलन्यास गर्दै मन्त्री श्रेष्ठले समाजलाई कस्तो बनाउने जिम्मा भनेकै त्यही समाजमा बसेका नागरिकको हातमा रहेको बताए । उनले समाज र समुदायको विकास भनेकै गाउँ/नगर र समग्र जिल्लाकै विकास भएका कारण यसको विकासका लागि सवै नागरिक मिल्नुपर्ने अवस्था रहेको बताए । 
मन्त्री श्रेष्ठले समाजको शान्ती सुरक्षाका लागि नेपाल प्रहरीको अहम भुमिका  हुने भएको हुँदा हामी समुदायमा नै बस्ने नागरिकले प्रहरीलाई सहयोग गर्न जरुर रहेको धारण व्यक्त गरे । ‘प्रहरी प्रशासन एउटा सरोकार वाला निकाय हो । त्यसलाई कसरी सञ्चालन गर्ने भन्ने नागरिकको पनि भुमिका हुन्छ मन्त्री श्रेष्ठले भने,– हामीले सहयोग गरियो भने मात्र प्रशासनले पनि सहयोग गर्छ त्यसैले सवै मिलेर सभ्य समाज निर्माणका लागि अहम भुमिका निर्वाह गरौं ।’  मन्त्री श्रेष्ठले महिला, बालबालिका लागायत हरेक वर्गको मुद्धालाई समेटनका लागि गण्डकी प्रदेश सरकारले प्रत्येक जिल्लामा सामाजिका विकास कार्यालयको स्थापना गरेको बताए । उनले प्रदेश सरकारले संस्कृति संरक्षण र शिक्षा क्षेत्रका विकासका निम्ती अझै प्रभावकारी योजना ल्याउने तयारी रहेको बताए ।  उनले भवन निर्माणका लागि प्रदेश सरकारले आवश्यक सहयोग गर्ने पनि प्रतिवद्धता व्यक्त गरेका थिए । 
कार्यक्रममा बागलुङका जिल्ला प्रहरी कार्यालय बागलुङका प्रमुख एसपी कृष्णबहादुर पल्ली मगर, निमित्त प्रमुख जिल्ला अधिकारी गणेश प्रसाद पौडेल, नेपाली काँग्रेस बागलुङका सभापति जित शेरचन, नेकपा एकिकृत समाजबादीका अध्यक्ष लालबहादुर थापा, राष्ट्रिय जनमोर्चा बागलुङका उपाध्यक्ष धर्म कुँवर, नेपाल रेडक्रस सोसाईटी बागलुङका सभापती जब्बर बहादुर लामिछाने लगायतले बोलेका थिए । 
कार्यक्रम सामुदायिक सेवा एवं सामुदायिक प्रहरी सेवा केन्द्रका अध्यक्ष लिला देवी खड्काको अध्यक्षता, उपाध्यक्ष सुमन बास्कोटाको स्वागत र पत्रकार राम थापा अविरलको संचालनमा सम्पन्न भएको थियो । 

प्रतिक्रिया

ताजा समाचार

लोकप्रिय