बागलुङ– गण्डकी प्रदेश सरकारले राइड शेयरिङलाई कानुनी मान्यता दिएपछि सार्वजनिक यातायातका सवारी साधन संचालन गर्ने व्यवसायीहरु आन्दोलरत रहेका छन । गत शुक्रबार देखी गण्डकी प्रदेशका ११ वटै जिल्लाबाट लामो तथा छोटो दुरीका सार्वजनिक साधनहरु संचालनमा आएका छैन ।
व्यवसायीहरुले आफ्नो गाडीलाई पुर्ण रुपमा बन्द गराएर आन्दोलनमा उत्रिएका छन । आन्दोलनको कार्यक्रमले बागलुङमा पनि प्रभाव पारेको छ ।
ठाउँठाउँमा रोक्दै चापी नै थुत्दै
आफ्ना मागहरु पुरा नभए सम्म आन्दोलनका कार्यक्रमहरु थप गर्ने र देशव्यापी रुपमा अनिश्चितकालिन यातायात ठप्प पार्ने चेतावनी दिन्दै उनिहरुले निजी सवारी साधनमा यात्रा गर्ने यात्रुहरुलाई पनि रोक्दै सोधखोज गर्दै पठाएका छन । एउटै परिवारका सदस्यहरु मिलेर यात्रा गरिहेका निजी गाडी र पर्यटक बोकेर हिँडेका हरियो प्लेटका गाडीलाई पनि ठाउँठाउँमा रोक्नुका साथै चापी नै थुत्दै दुःख दिएका छन । व्यवसायीहरुले पर्यटक बसलाई नेपाली यात्रु नबोक्न समेत चेतावनी दिएका छन ।
व्यवसायीको आन्दोलनका कारण यात्रुहरुले भने दुःख भोग्नु परेको छ । आईतबार पोखरा देखी म्याग्दीको बेनी हिँडेकी रेखा वि.क दिउँसो १ बजे देखी साझ सम्म बागलुङ कालिका मन्दिर अगाडी आफ्ना दुई बालबालिका सहित अलपत्र अवस्थामा थिईन । उनी म्याग्दी पुग्नका लागि मुस्ताङका लागि पर्यटक बोकेर हिँडेको हरियो प्लेटको गाडी सवार गरेकी थिईन तर आन्दोलनरत यातायात व्यवसायीले उत्त स्कार्पियो यही रोकिदिए पनि रेखा मात्र हैन मुस्ताङ घुम्न हिँडेका पर्यटक पनि साँझ सम्म कालिका मन्दिर गेट अगाडी नै अलपत्र अवस्थामा रहेका थिए ।
निजी गाडीको टायको हावा फुस्काईदिए
आन्दोलनरत व्यवसायीले निजी तथा हरियो प्लेटका सवारी साधनले भाडाका यात्रु बोकेको भन्दै उनिहरुलाई ठाउँको ठाउँ रोकेर यात्रु झार्ने भाडा फिर्ता गराउने लगायतका क्रियाकलाप गरेका छन । सार्वजनिक यातायात संचालनम नभए पछि पठाओ र निजी सवारी साधनले मनपरी भाडा असुलेको यात्रुको गुनासो समेत रहेको छ । जसरी पनि घरमा जानुपर्ने भएको हुँदा पोखरा देखी बागलुङ आएको १ हजार रुपैयाँ भाडा तिरेर आएको हुँ बागलुङको ताराखोलाका मनोज विश्वकर्माले भने ।
‘हामी परिवार सहित विहेमा गएर पोखरा फर्किका थियौं हाम्रो आफ्नै निजी गाडी हो । पोखरा बाट बागलुङ आफ्नो भाञ्जीको विहेमा गएर फर्किएका एक यात्रुले भने,–‘तर यहाँ आन्दोलनरत युवाहरुले हाम्रो गाडीको टायरको हावा नै फस्काईदिए । दिउँसो २ बजे देखी हामी यही बसेका छौं । न हामीलाई जान दिन्छन न अर्को गाडी पाईन्छ हामी त अलपत्र परियो साँझा मात्र गाडी बनाएर जाने कुरा भएको छ ।
सार्वजनिक सवारी संचालकले गण्डकी प्रदेश सरकारले ‘राइड सेयरिङ’को नाममा निजी प्रयोजनको लागि खरिद गरिएका सवारी साधनलाई भाडाका सवारी साधन सरह प्रयोग गर्न दिनेगरी ल्याएको नियमावली खारेजीको माग गरेका छन । यसबारे सम्बन्धित निकायलाई ध्यानाकर्षण पत्र बुझाई यथाशीघ्र समस्या समाधान गर्न अनुरोध गर्दा पनि सुनुवाइ नभएपछि आफ्ना सवारी साधन घर तथा ग्यारेजमा थन्क्याएर आन्दोलनमा उत्रिएको धौलागिरी अञ्चल यातायात सेवा प्रालीका अध्यक्ष सन्तबहादुर पाख्रिनले बताए । उनले प्रदेश सरकारले सार्वजनिक यातायातलाई विस्तार गर्ने एने ल्याएको र यो तत्काल खारेजको माग गरिएको बताए । यदी तत्काल यो नियमावली खारेज भएन भने देशभरी आन्दोलनका कार्यक्रम घोषणा गरिएको पाख्रिनको भनाई छ ।
गण्डकी प्रदेश सरकार नियमावली फिर्ता गर्ने पक्षमा छैन
यता गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले संचार माध्ययममा प्रतिक्रिया दिँदै यो नियमावली कुनै पनि हालतमा फिर्ता नहुने बताए । उनले सर्वोच्चले कानुन बनाउन भनेपछि गण्डकी प्रदेशले कानुन निर्माण गरेको बताए । उनले सवैका लागि सहज बनाउनका निम्ती प्रदेश सरकारले यो नियमावली ल्याएको बताए । पाण्डेले ईलिगल रुपमा संचालन भएको ‘राइड सेयरिङ’लाई लिगल गरेको सवै कुरालाई सम्बोधन गरेर आगाडी बढ्ने हुँदा नियमावली कार्यान्वयन हुने बताए ।
विशेष गरी पोखरामा राइड शेयरिङ एप्स (इन्ड्राइभ, पठाओ) सँग ट्याक्सी व्यवसायीहरूको ठुलै दुस्मनी देखिन्छ । सहुलियत दरमा र सहजै मोटरसाइकल, स्कुटर र ट्याक्सी सेवा पाउने भएपछि अहिले राइड सेयरिङका प्रयोगकर्ताहरू बढिरहेका छन्।
बार्गेनिङ गर्न नपर्ने र चोकमा गएर ट्याक्सी खोज्नु पर्ने झन्झट नभएकाले यात्रुले एपमार्फत राइड सेयरिङको प्रयोग गरिरहेका छन ्।