• गृहपृष्ठ /
  • प्रमुख समाचार ,
  • Breaking News ,
  • राजनिति ,
  • अर्थतन्त्र

गण्डकी प्रदेशका स्थानीय तहका लागि २ अर्ब १० लाख

  • असार १, २०८२

पोखरा- गण्डकी प्रदेश सरकारले आगामी आर्थिक वर्ष प्रदेशका स्थानीय तहका लागि २ अर्ब १० लाख ५९ हजार रुपैयाँ अनुदान दिने भएको छ । प्रदेशका आर्थिक मामिला मन्त्री डा.टकराज गुरुङले आर्थिक वर्ष २०८२/०८३ का लागि आइतबार बजेट प्रस्तुत गर्दै यो बताएका हुन् ।

गुरुङका अनुसार राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगको सिफारिश बमोजिम जनसंख्या र भूगोलका आधारमा स्थानीय तहलाई वित्तीय हस्तान्तरण गर्न लागिएको हो । यो रकम समानिकरण, सशर्त, समपुरक र विशेष अनुदान अन्तर्गत रहेको उनले बताए ।

प्रतिक्रिया