‘जनगणनाको तथ्याङ्क योजना निर्माणमा उपयोगी’

  • जेठ ८, २०८२

बागलुङ,- राष्ट्रिय जनगणना २०७८ को तथ्याङ्क योजना निर्माणका लागि उपयोगी हुने बागलुङमा आयोजित एक कार्यक्रमका सहभागीले जनाएका छन ।  संघिय, प्रदेश र स्थानीय तहको नीति र बजेट निर्माणमा तथ्यांकको महत्वपूर्ण भूमिका रहेको सहभागी सरोकारवालाले बताएका छन् । राष्ट्रिय जनगणना २०७८ को पूर्ण बिवरण र तथ्यांक बिष्लेषण गर्न आयोजित ‘बिषयगत प्रतिवेदन तथा स्थानीय तहको नतिजा सम्बन्धमा आयोजित अन्तरक्रिया’मा सहभागिले उक्त धारणा राखेका हुन् ।
राष्ट्रिय तथ्यांक कार्यालय र तथ्यांक समन्वय कार्यालय बागलुङले आयोजना गरेको कार्यक्रममा सर्वसाधारण जनताले बुझ्ने र उपयोग गर्ने गरी सबै सूचकको तथ्यांक बनाएको हो  । उक्त तथ्यांकको उपयोगिता, प्रयोग गर्ने तरिका र बिष्लेषणको पद्दती बारे पनि छलफल भएको थियो । कार्यक्रममा कार्यालयका निर्देशक राजन सिलवालले तथ्यांक बिष्लेषणले देशको बिकासमा योगदान पुग्ने, सही नीति निर्माण हुने बताए । मध्यम अबस्थाको रुपमा कार्यालयले आगामी सन् २०५१ सम्मको तथ्यंक प्रक्षेपण गरिएको समेत उनले बताए । कुनै युद्द वा महामारी बाहेकको अबस्थामा उक्त समय सम्मको तथ्यांक प्रक्षेपण गरिएको उनको भनाइ छ ।
उक्त प्रक्षेपणकै अधारमा बिकास योजना निर्माण गर्न सकिने उनको भनाइ थियो । कार्यालयले उमेर अनुसारको स्थानीय तह र वडा तहसम्मको तथ्यांक बिष्लेषण गरेको छ । जातजाती, धर्म, लिंग लगायतको सूचकमा पनि बिष्लेषण गरिएको हो । अर्का निर्देशक बिनोद आचार्यले स्थानीय तहको पूर्वाधार बिकास, खानेपानी, शिक्षा र स्वास्थ्य लगायतको कामकालागि पनि तथ्यांकको जरुरी भएको बताए । साथै स्थायी र अस्थायी बसोबास गर्ने नागरिकको यकिन तथ्यांक नभए योजना नै अलपत्र पर्ने उनको भनाइ छ । कार्यक्रममा तथ्यांक अधिकृत दिनानाथ लम्सालले पनि तथ्यांक बारे प्रस्तुतीकरण गरेका थिए । कार्यक्रममा जिल्ला समन्वय अधिकारी कृष्णराज गौतम, नेपाल पत्रकार महासंघ बागलुङका अध्यक्ष राम थापा अविरल, धौलागिरि बहुमुखी क्याम्पसका सहायक प्रमुख डिल्लीराज गौतमले शुभकामना मन्तव्य राखेका थिए । राष्ट्रिय तथ्याङ्क कार्यालयका निर्देशक राजन सिलवालको अध्यक्षता, तथ्यांक समन्वय कार्यालय बागलुङका प्रमुख महेश प्रसाद ढुंगानाको स्वागत र तथ्यांक अधिकृत चन्द्रकान्त सुवेदीको संचालनमा सम्पन्न भएको थियो । 

प्रतिक्रिया