पुस्तकालय ज्ञानको भण्डार हो- सांसद सुवेदी 

  • मङ्सिर १८, २०८०

बागलुङ- गण्डकी प्रदेश सभा सदस्य डिल्लीराम सुवेदीले पुस्तकालय ज्ञानको भण्डार भएकाे हुँदा यसको विकासका निम्ती सवैको हातेमालो आवश्यक रहेको बताएका छन । शनिबार धौलागिरी क्षेत्रकै सवैभन्दा पुरानाे पुस्तकालय बिद्यामन्दिर पुस्तकालय बागलुङको ७५  औ साधारण सभा कार्यक्रममा बोल्दै उनले सो कुरा बताएका हुन । सुवेदीले पछिल्लो समय सामाजिक संजालमा अतिरञ्जीत नकरात्मक  बिषयबस्तु फैलदै गएकोले पुस्तकालयको महत्व झन बढ्दै गएको चर्चा गर्दै समग्र व्याक्तित्व निर्माणका लागि पठन संस्कृतिको बिकास हुनुपर्नेमा जोड दिए। उनले नयाँ पुस्तालाई पुस्तकालय प्रति रुची जगाउने खालका कार्यक्रम ल्याउनुपर्नेमा जोड दिए । 
कार्यक्रममा बालबालिकाले बाजेबज्यै कथा नामक कृतिको सार्वजनिक गरिएको थियो । कथाको समिक्षा गर्दै धौलागिरी बहुमुखी क्याम्पस ब्यवस्थापन समितिका अध्यक्ष प्राःडा दिन बहादुर थापाले पुराना लोक संस्कृति परम्पराको संरक्षणका लागि सबैको चासो र चिन्तन हुनुपर्ने बताए ।  यस्तै पुस्तकालयका संरक्षक समिति सदस्य श्रवणलाल श्रेष्ठले पुस्तकालयको बिकास र प्रवद्धनका लागि सबै तहले सहयोग गर्नुपर्ने बताए ।  कार्यक्रममा यसबर्षको उत्कृष्ट पाठकको रुपमा काँठेखोला गाँउपालिकाका शिक्षासेवी टिकाराम सापकोटालाई सम्मान गरिएको थियो ।
यस्तै पुस्तकालयमा बिभिन्न कोष खडा गर्ने अक्षयकोषदाता लाई सम्मान गरिएको थियो । सम्मानित हुनेमा तुलसी बहादुर स्मृति अक्षयकोषका बैकुण्ठमान बिजुक्छे,पाठक प्रोत्साहन कोषका स्थापनाकार प्राज्ञ प्रेम छोटा, हरिमोहन स्मृतिकोषका स्थापनाकार तथा पुस्तकालयका पुर्व अध्यक्ष महेशचन्द्र प्रधान, शिशिर हेमन्त स्मृति अक्षयकोषका स्थापनाकार स्याम श्रेष्ठ वझान्थाक्षे, स्वर्गिय गंगा प्रसाद स्मृति कोषका स्थापनाकार तथा निवर्तमान अध्यक्ष रामप्रसाद शर्मा,देबेन्द्र कमला स्मृति कोषका सञ्जय अधिकारी,नन्दगंगा स्मृति कोषका रामचन्द्र शर्मा, कविराज जुनु स्मृति अक्षयकोषका कविराज सुनारलाई सम्मान पत्र सहित सम्मान गरिएको थियो ।

सो अवसरमा पुस्तकालयका उपाध्यक्ष रामचन्द्र शर्माले आफ्ना स्वर्गिय माता नन्दकली उपाध्याय र गंगादत्त उपाध्यायको नाममा स्थापना गरेको नन्द–गंगा स्मृति कोषबाट माध्यमिक शिक्षा परिक्षा एसईईमा उत्कृष्ट अंक ल्याउने बागलुङ नगरपालिका अन्र्तगतका ६ जना बिद्यार्थीलाई प्रशंसा पत्र र नगद सहित पुरस्कृत गरिएको थियो  ।
पुरस्कृत हुनेमा रुद्रेपिपल माबिका सुवास शर्मा, चिल्ड्रेन लाईफ बोडिङ स्कुलका प्रतिक घिमिरे, सयन भण्डारी, रक्षा घिमिरे, गणेशमाबिका सुमन नेपाली र बिबेक परियार रहेका छन् । कोषबारे नन्दगंगा स्मृति कोषका सदस्य गिता शर्माले जानकारी गराउनुभएको थियो ।
कार्यक्रममा संस्थागत आजिवन सदस्यता लिएका कालीगण्डकी बोडिङ स्कुल, गुरास शिक्षा सदन, प्रिसियस एकेडेमी, युएस एकेडेमी र आजिवन सदस्यता लिने ९ जना लाई सम्मान पत्र वितरण गरिएको थियो ।
कार्यक्रममा पुस्तकालयका सचिव राजनप्रसाद शर्माले प्रस्तुत गरेको प्रगति प्रतिबेदन र कोषाध्यक्ष कोपीला कँडेलले प्रस्तुत गरेको आर्थिक प्रतिबेदन  पारित भएको थियो ।
सो अवसरमा साहित्यकार काजिरोशन,युक्तप्रसाद सुबेदी र सुधिर श्रेष्ठ लाई संरक्षक समिति सदस्यको प्रमाण पत्र प्रदान गरिएको थियो ।
कार्यक्रम बिद्यामन्दिर पुस्तकालयका अध्यक्ष राम थापा अबिरलको अध्यक्षता, उपाध्यक्ष रामचन्द्र शर्माको स्वागत मन्तव्य र सचिव राजनप्रसाद शर्माको संचालनमा सम्पन्न भएको थियो ।

प्रतिक्रिया

ताजा समाचार

लोकप्रिय