काँग्रेस बागलुङले सवै तहमा सम्मेलन गर्ने

  • साउन १९, २०८०

बागलुङ ।  नेपाली काँग्रेस बागलुङले वडा देखी जिल्ला तह सम्मको सम्मेलन गर्ने भएको छ । साउन ४ गतेको काँग्रेस बागलुङको जिल्ला कमिटिको बैठकले जिल्लाका पाँच वटै तहमा सम्मेलन गर्ने निर्णय गरेको थियो सोही निर्णय बमोजिम वडा तहको सम्मेलनको तयारी पुरा भएको काँग्रेस बागलुङका जिल्ला सचिव हरिहर शर्माले जानकारी दिए ।  

काँग्रेसको विधानको परिच्छेद ४ मा व्यवस्था भए बमोजिम वडा तह, गाउँपालिका÷नगरपालिका, प्रदेश सभा क्षेत्र, प्रतिनिधि सभा क्षेत्र र जिल्ला तहमा सम्मेलनको तयारी गरिएको हो ।  सोही बमोजिम जिल्लाका ८५ वटै वडामा यही साउन २२ गते सम्मेलनको तयारी अन्तिम अवस्थामा पुगेको छ । वडा सम्मेलन सकिए पश्चात श्रावण २७ गते जिल्लाका १० वटै स्थानिय तहमा गाउँ वा नगर सम्मेलन हुने सचिव शर्माले बताए । त्यसैगरी श्रावण ३१ गते प्रदेश सभा क्षेत्रीय सम्मेलन हुने छ भने भाद्र २४ गते प्रतिनिधि सभा क्षेत्रीय सम्मेलन हुने छ । सवै तहमा सम्मेलन सकिए पछि असोज ६ गते जिल्ला सम्मेलन हुने काँग्रेस बागलुङले जनाएको छ । 
काँग्रेस बागलुङले पार्टीका हरेक गतिविधिलाई प्रभावकारी बनाउनका निम्ती विस्तृत योजना सहित बार्षिय क्यालेन्डर समेत बनाएको छ । बार्षिक क्यालेन्डर अनुसार नै काँग्रेसका थप गतिविधि अगाडी बढ्ने सचिव शर्माले बताए । 
सम्मेलनमा पार्टीका सवै तहका नेता तथा कार्यकर्ताको उपस्थितिमा हुनेछ । जहाँ राजनितिक प्रतिवेदन, सांगठनिक प्रतिवेदन, आर्थिक प्रतिवेदन र आगाी वर्षका कार्ययोजना समेत प्रस्तुत हुने काँग्रेस बागलुङले जनाएको छ । वडा देखी जिल्ला तहको सम्मेलन केबल गर्नका लागि मात्रै हुँदैन, यहाँ समसमायिक राजनिति मुद्धा अन्य दलहरुसँगको सम्बन्ध, वडा तहमा जनप्रतिनिधिहरुले गरेको कार्यसम्पादन, विकास निर्माण र जनचासोका विषयमा छलफल हुनेछ,  सचिव शर्माले भने,–‘वडा सदस्यताको अवस्था अभिलेख र वितरण कार्यक्रम संगठनको अवस्था समेत प्रतिवेदनमा पेश गर्नुपर्नेछ, पार्टी संगठन कसरी चलेको छ त्यसको बारेमा छलफल सहित आगामी वर्षका कार्ययोजना समेत निर्माण हुनेछन, यसले पार्टी संगठनलाई बलियो बनाउन थप टेवा पुग्नेछ ।’ सम्मेलन पश्चात हरेक तहले प्रतिवेदन गराई माथिल्लो तहमा पठाउनुपर्ने प्रावधान रहेको उनले बताए । हरेक तहमा सम्मेलन गर्नुपुर्व आफ्नो मातहतको समितिको बैठक बसी कार्यक्रमलाई थप प्रभावकारी बनाउन जोडदिईने काँग्रेस बागलुङले जनाएको छ । 

प्रतिक्रिया

ताजा समाचार

लोकप्रिय