मानवसेवा आश्रमको महायज्ञमा दुई करोड ६६ लाख संकलन

  • कार्तिक २६, २०८२

बागलुङ । बागलुङमा निर्माणाधिन अवस्थामा रहेको मानव सेवा आश्रम बागलुङ शाखाको भवन निर्माण र अक्षकोष स्थापनार्थका लागि आयोजना गरिएको श्रीमत भागवत ज्ञान विज्ञान महायज्ञमा विहिबार सम्म् सम्म दुई करोड ६६ लाख संकलन भएको छ । बागलुङ नगरपालिका–४ निरयघाटमा  कात्तिक २१ गतेबाट  महायज्ञ सञ्चालन भइरहेको छ 
महायज्ञमा मंगलबार मात्रै एक करोड एक लाख संकलन भएको कोषाध्यक्ष सरिता गौतमले जानकारी दिईन  । महायज्ञमा सोमबार मात्र ५५ लाख ५४ हजार रकम संकलन भएको थियो । यस्तै आइतबार ३८ लाख रुपैयाँ संकलन भएको गौतमले जानकारी दिईन । 

महायज्ञमा मंगलबार अमेरिका स्थित बागलुङ समाज भर्जिनिया परिवारद्वारा मानवसेवा आश्रम बागलुङ शाखाको भवन निर्माण सम्पन्नताको निम्ति रु। पाँच लाख, बागलुङ नगरपालिका वडा नं २, आवारोड निवासी परोपकारी मनको धनी आदरणीय उमा शान्ती श्रेष्ठ र कृष्ण कुमार श्रेष्ठ लगायतको परिवारबाट पाँच लाख संकलन भएको थियो । महायज्ञमा दानदाताको भीडनै लागेको छ ।

महायज्ञमा पाँच हजार देखि पाँच लाख ११ सम्म रकम संकलन भइरहेको छ । महायज्ञमा रु। १० करोड संकलन गर्ने लक्ष्य रहेको छ । मानवीय सेवा सरिक हुँदै मनकारी दाताहरूले गक्ष्य अनुसारको दान गरिरहेको आश्रमका केन्द्रिय अध्यक्ष रामजी अधिकारीले जानकारी दिए।

सडकआश्रित, असहाय, अपाङ्ग, मानसिक रोगी तथा घरबार बिहिन सडक मानवको पुनस्र्थापनाका लागि निर्माणाधीन आश्रम बागलुङको भवनमा सहयोग पुग्ने उद्देश्यले आयोजना गरिएको यस महायज्ञमा दाताहरूको उल्लेखनीय सहभागिता रहँदै आएको छ ।

देश–विदेशमा रहेका बागलुङवासी, संघ–संस्था तथा सहयोगी व्यक्तिहरूले नगद, क्युआर कोड र अन्य माध्यममार्फत सहयोग प्रदान गरिरहेका छन् । महायज्ञ कात्तिक २८ गते सम्म चल्नेछ ।

 

प्रतिक्रिया

ताजा समाचार

लोकप्रिय