निर्वाचन तोकिएकै मितिमा हुनुपर्छ—पम्फा भुसाल

  • मङ्सिर २८, २०८२

बागलुङ ।  नेपाली कम्युनिष्ट पार्टीका केन्द्रीय नेता एवं पूर्वमन्त्री पम्फा भुसालले तोकिएकै मितिमा भयरहित वातावरणमा स्वतन्त्र र निष्पक्ष निर्वाचन हुनुपर्ने बताएकी छिन् । नेपाली कम्युनिष्ट पार्टी जिल्ला समन्वय समिति बागलुङले शनिबार लोकतान्त्रिक चोकमा आयोजना गरेको एकता सन्देश सभामा उहाँले राष्ट्रिय स्वाधीनताको रक्षा, संविधान र लोकतन्त्रको संरक्षणका लागि निर्वाचनको विकल्प नभएको बताइन् ।
“फागुन २१ मै निर्वाचन हुनुपर्छ, संविधानलाई सही ट्रयाकमा ल्याउन र गणतन्त्रको रक्षाका लागि निर्वाचनको विकल्प छैन”, उनले भनिन्, “प्रतिनिधिसभाको निर्वाचनको वातावरण बन्दैछ, जेन्जी आन्दोलनपछि सरकार निर्माणका क्रममा संविधान केही मिचिएकाले त्यसलाई सच्चाउन पनि निर्वाचन अपरिहार्य छ ।” उहाँले वर्तमान सरकार आवश्यकताको सिद्धान्तका आधारमा बनेको धारणा राखिन् ।
गत भदौ २४ गतेको घटना आन्दोलन नभएर प्रतिक्रान्ति भएको बताएकी छिन् । अभिव्यक्ति स्वतन्त्रता र शासकीय अव्यवस्थविरुद्ध गत भदौ २३ को राजनैतिक आन्दोलन भएपनि देशको राष्ट्रिय सम्पत्ती र उद्योग व्यवसायको क्षेत्रमा गम्भीर क्षती पुग्ने गरी भएको भदौ २४ को घटना जेनजी पुस्ताले नगरेको भुसालले बताइन् ।
नेपाली कम्युनिष्ट पार्टीका नेता देवेन्द्र पौडेलले “देशमा वामपन्थी र देशभक्तको पक्षमा फेरि जनलहर आउन लागेको बताईन् । जेनजी पुस्ताको माग र भावनाको सम्वोधन गर्न सक्ने पार्टी र नेतृत्व हामी हो” उनको भनाई थियो । सभालाई नेपाली कम्युनिष्ट पार्टीका नेताहरु दिल कुमारी पन्त, कृष्ण नेपाली, ज्ञानु आचार्य, ढाकाराम गौतम लगायतका नेताहरुले पनि सम्वोधन गरेका थिए । सभामा कलाकार झंकार बुढाले प्रगतिशील गीतहरु प्रस्तुत गरे । 
कार्यक्रम एकिकृत समाजवादी बागलुङका अध्यक्ष पिंगल राज गौतमको अध्यक्षता, नेपाल कम्युनिष्ट पार्टी बागलुङ नगर समितिका अध्यक्ष निर्मलबहादुर श्रेष्ठको स्वागत र नेपाल कम्युनिष्ट पार्टी बागलुङका संयोजक प्रकाश घर्तीको सञ्चालनमा सम्पन्न भएको थियो । यसैबीच नेपाली कम्युनिष्ट पार्टीका केन्द्रीय नेता एवं पूर्वमन्त्री पम्फा भुसालले भदौ २४ गतेको घटना आन्दोलन नभएर प्रतिक्रान्ति भएको बताएकी छिन् । अभिव्यक्ति स्वतन्त्रता र शासकीय अव्यवस्थविरुद्ध गत भदौ २३ को राजनैतिक आन्दोलन भएपनि देशको राष्ट्रिय सम्पत्ती र उद्योग व्यवसायको क्षेत्रमा गम्भीर क्षती पुग्ने गरी भएको भदौ २४ को घटना जेनजी पुस्ताले नगरेको भुसालले बताइन् ।
उनले प्रतिनिधिसभा सदस्य निर्वाचन तोकिएकै मितिमा हुनुपर्ने बताएकी छिन् । प्रेस सेन्टर नेपाल, बागलुङले शनिबार बागलुङमा आयोजना गरेको पत्रकार भेटघाटमा उनले संविधान र लोकतन्त्रको रक्षाका लागि निर्वाचनको विकल्प नभएको उल्लेख गरिन् ।
“फागुन २१ मै निर्वाचन हुनुपर्छ, संविधानलाई सही ट्रयाकमा ल्याउन र व्यवस्थाको रक्षाका लागि निर्वाचनको विकल्प छैन”, उनले भनिन्, “जेन्जी आन्दोलनपछि सरकार निर्माणका क्रममा संविधान केही मिचिएकाले त्यसलाई सच्चाउन पनि निर्वाचन अपरिहार्य छ ।” उनले वर्तमान सरकार आवश्यकताको सिद्धान्तका आधारमा बनेको धारणा राखिन् ।
तत्कालीन नेकपा (माओवादी केन्द्र)का उपाध्यक्षसमेत रहेकी नेता भुसालले आगामी निर्वाचनमा नेपाली कम्युनिष्ट पार्टीले ५० प्रतिशत युवालाई उम्मेदवार बनाउने बताइन् । उनले ‘जेनजी’ आन्दोलनको माग अनुसार पार्टीमा पनि युवा सहभागितालाई बढाउने उल्लेख गरिन् । ‘जेनजी’ आन्दोलनमा उठेका माग आफूहरुले विगतदेखि नै उठाउँदै आएको बताउँदै उनले ती मागको सम्बोधन हुनुपर्ने विचार राखिन् । नेपाली कम्युनिष्ट पार्टीलाई देशकै सबैभन्दा ठूलो कम्युनिष्ट पार्टीका रुपमा स्थापित गरिने उनको भनाइ छ ।
“अहिले भएको एकताले मात्र पुग्दैन, अन्य वामपन्थी दल र घटकहरुबीच पनि एकता गर्दै देशमा एउटा मात्र क्रान्तिकारी कम्युनिष्ट पार्टी बनाउनुपर्छ”, उनले भनिन्, “परिवर्तनको रक्षासँगै राष्ट्रिय एकता र स्वाधिनतालाई सुदृढ गर्न विभिन्न कम्युनिष्ट घटकहरुबीच एकता गरेर नेपाली कम्युनिष्ट पार्टी बनेको हो ।” नेता भुसालले आगामी फागनु २१ गते हुने प्रतिनिधिसभा निर्वाचनमा नेपाल कम्युनिष्ट पार्टीले एक्लै प्रतिस्पर्धामा उत्रने बताइन् ।

प्रतिक्रिया