दु्रत प्रतिकार्य तालिम सम्पन्न

  • माघ २३, २०७८

बागलुङ -बागलुङमा संचालन भएको दु्रत प्रतिकार्य तालिम (आरआरटी) सम्पन्न भएको छ । माघ २० देखि २२ गते सम्म बागलुङ सदरमुकाममा संचालन भएको कार्यक्रम शनिबार सम्पन्न भएको हो ।
कार्यक्रममा बोल्दै नेपाल रेडक्रस सोसाईटी बागलुङ शाखाका सभापति जब्बर बहादुर लामिछानेले सहभागीलाई तालिममा सिकेको कुरा व्यवहारिकतामा लागु गर्न आग्रह गरेका छन् । कार्यक्रमका सहभागीहरुले गाउँगाउँमा चेतना वृद्धि गरेमा मात्र विपतको समयमा आम जनता लाभान्भित हुने उनले बताए । 
कार्यक्रममा ताराखोला गाउँपालिका, काठेखोला गाउँपालिकाका, स्वास्थ्य कार्यालय बागलुङ लगायतका गरि २४ जना स्वास्थ्यकर्मीको सहभागिता रहेका थियो । 
नेपाल रेडक्रस सोसाईटी जिल्ला शाखा बागलुङ समुदायमा आधारित वृहत स्वास्थ्य कार्यक्रमको आयोजना तथा गण्डकी प्रदेश स्वास्थ्य तथा जनसंख्या मन्त्रालय स्वास्थ्य तालिम केन्द्र पोखरा, काठेखोला गाउँपालिका र काठेखोला गाउँपालिकाको सहकार्यमा कार्यक्रम सम्पन्न भएको थियो ।
कार्यक्रममा सहभागीको तर्फबाट रामचन्द्र लामा, नेपाल पत्रकार महासंघ बागलुङका अध्यक्ष नरेश कँडेल, स्वास्थ्य कार्यालय बागलुङका कार्यालय प्रमुख सुरज गुरौँ, नेपाल रेडक्रस सोसाईटी बागलुङ शाखाका उप–सभापति राजेन्द्र आचार्य लगायतले मन्तव्य व्यक्त गरेका थिए । कार्यक्रमको संचालन दु्रत प्रतिकार्य तालिम (आरआरटी)का कार्यक्रम संयोजक गोकर्ण श्रेष्ठले गरेका थिए ।

प्रतिक्रिया

ताजा समाचार

लोकप्रिय