बागलुङ - शनिबार राती देखी परेको अविरल वर्षका कारण आएको पहिरोले पर्वतको लाङ्दीमा दुई जनाको पुरिएर मृत्यु भएको छ । मोदी गाउँपालिका– ३, देउरालीको लाङ्दीमा एक दम्पती पुरिएको अवस्थामा मृत फेला परेको जिल्ला प्रहरी कार्यालय पर्वतले जनाएको छ ।
पहिरोमा घर पुरिँदा बेपत्ता भएका दम्पतीलाई उद्धारकार्य गर्दै जाँदा प्रहरीले मृत अवस्थामा भेटेको हो । मृत्यु हुनेमा ७८ वर्षीय छविलाल विश्वकर्मा र उनकी धर्मपत्नी ७५ बार्षिया विष्णुमती विश्वकर्मा रहेको जिल्ला प्रहरी कार्यालय पर्वतका प्रमुख प्रहरी नायब उपरिक्षक रविन विष्टले जानकारी दिए । डिमुवा र कुश्माबाट गएको प्रहरी र स्थानीयवासीको सक्रियतामा पहिरो पन्छाएर बेपत्ताको खोजी गरिएको थियो । ‘विहान करिब ५ बजेको समयमा घटना घटेको भन्ने खबर भयो , वर्षाका कारण ठाउँठाउँमा सडक अवरुद्ध हुँदा उद्धार टोली घटनस्थलमा पुग्न पनि निकै कठिनाई भयो, प्रहरी प्रमुख विष्टले भने,–‘२१ जना प्रहरीको टोली र स्थानीयको सहयोगमा उद्धारका लागि सफल भईयो, छविलाल दम्पती मृत अवस्थामा भेटिएका छन ।
उनले जनाको टोलीले लामो प्रयास पछि उद्धार गरेको छ । दुर्वजनाको मृत्यु भएको छ । अत्यधिक वर्षा भएकाले उद्धारमा समेत कठिनाइ भइरहेको उनको भनाइ छ । छविलालको घरमाथीबाट आएको पहिरोले घर पुर्ण रुपमा पुरिएको उनले बताए ।
दुवैजनाको शव पोष्टमार्टमका लागि पर्वत अस्पताल ल्याउँदै गरिएको छ । घटनामा अन्य के कती क्षती भयो सो को विवरण आउन बाँकी रहेको प्रहरी प्रमुख विष्टले बताए ।