नुवार सुुवेदीथर माविको ४० औं बार्षिकोत्सव सम्पन्न

  • पुस २६, २०८०

बागलुङ- पर्वतको कुश्मा नगरपालिका—१ पाङमा रहेको नुवार सुवेदीथर माध्यामिक विद्यालयको ४० औं बार्षिकोत्सव  समारोह बुधबार सम्पन्न भएको छ । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष कपिल सुवेदीको अध्यक्षतामा सम्पन्न मुलसमारोहको उद्घाट्न गर्दै कुश्मा नगरपालिकाका वडा नं. १ का वडा अध्यक्ष खगराज पौडेलले सामुदायिक विद्यालयको संस्थागत विकासका लागि शिक्षक अभिभावककै महत्वपुर्ण भुमिका हुने बताएका छन । उनले विद्यार्थीलाई गुणस्तरीय शिक्षा कसरी प्रदान गर्ने विषयमा शिक्षकहरुले कार्ययोजना अनुसार पढनपाढन गर्नुपर्ने बताए । पौडेलले सुवेदीथर माविको संस्थागत विकासका निम्ती यहाँका हरेक नागरिकको महत्वपुर्ण भुमिका रहेको बताए । 
कार्यक्रममा वडा सदस्य विष्णु अर्याल, शिक्षक अभिभावक संघका अध्यक्ष बलराम सुवेदी, विद्यालयको संस्थागत विकासका निम्ती संचालित धनधान्यञ्चल महायज्ञका मुल संयोजक हुतराज सुवेदी लगायतले विद्यालय यस क्षेत्रकै नमुना बनाउन सवैले प्रयत्न गर्नुपर्ने बताएका थिए । 
बार्षिकोत्सव समारोहकै अवसरमा विद्यालयका व्यवस्थापन समितिका पुर्व अध्यक्षहरुलाई सम्मान गरिएको थियो । कार्यक्रममा विद्यालयका प्रध्यानध्यापक दिपक सुवेदीले विद्यालयको आर्थिक प्रगती तथा आगामी वर्षका कार्ययोजना प्रस्तुत गरेका थिए भने विद्यार्थीद्धारा विभिन्न सांस्कृतिक कार्यक्रम प्रस्तुत गरेका थिए । 
२०४० सालमा प्राथमिक तह स्थापना भएको यस विद्यालय आधारभुत हुँदै २०५२ साल देखी माध्यामिक तह संचालन गरिएको अध्यक्ष सुवेदीले बताए । विद्यालयमा हाल २०४ जना विद्यार्थी अध्ययनरत छन भने १७ जना शिक्षक शिक्षिका कार्यरत रहेका छन । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष कपिल सुवेदीको अध्यक्षता शिक्षक ख्यामराज सुवेदीको स्वागत र शिक्षक रामचन्द्र अधिकारीको संचालनमा कार्यक्रम सम्पन्न भएको थियो । 
 

प्रतिक्रिया