‘अहिलेको संविधानमा जनताको प्रतिनिधित्व छ’

  • असोज ३, २०८२

बागलुङ- वर्तमान संविधान जनताका प्रतिनिधिबाट निर्माण गरेको संविधान भएका कारण यसमा सवै नेपाली जनताको प्रतिनिधित्व रहेको बागलुङमा आयोजित एक कार्यक्रममका सहभागीले जनाएका छन । १०औँ संविधान दिवसको अवसरमा नेपाली कांग्रेस बागलुङले आयोजना गरेको ‘किन जोगाउने संविधान विषयक विमर्श कार्यक्रममा सहभागीले जनताको प्रतिनिधिको प्रत्यक्ष सहभागीतमा २०७२ सालको संविधान निर्माण भएको बताएका छन । 
उनिहरुले यो संविधानको रक्षाका निम्ती सवै तहबाट लाग्नुपर्ने बताएका छन । सहभागीले केही दिन पहिलेको जेन–जीको आन्दोलनबाट उत्पन्न देशका राजनिति अवस्थाले कतै संविधान नै संकटमा पर्नेत हैन त्यसमा चिन्ता व्यक्त गरेका थिए । उनिहरुले  आन्दोलन पछि आएको परिवर्तनले संविधानको रक्षाका विषयमा अनेकन प्रश्न उठाएको हुँदा संविधानको रक्षाका लागि काँग्रेसले अग्रणी भुमिका निर्वाह गर्नुपर्ने बताएका थिए । सहभागीले अहिलेको अन्तरिम सरकार संविधान विपरित भएको भन्दै यस्तै यस्तै प्रबृत्तिले संविधान माथि नै प्रश्न खडा गरेको बताए । कार्यक्रममा सहभागी बक्ताहरुले लोकतन्त्रप्रति प्रतिबद्धता जनाउँदै संविधानलाई जनताको दस्तावेजको रूपमा व्यवहार गर्नुपर्नेमा जोड दिएका थिए । संविधानलाई आत्मसात् गरेर यसको प्रभावकारी कार्यान्वयनमार्फत मात्र नागरिकको हक अधिकार सुनिश्चित हुने उनीहरूको भनाइ थियो ।
कार्यक्रममा बोल्दै नेपाली काँग्रेसका केन्द्रीय सदस्य तथा विदेश विभाग प्रमुख किरणराज शर्मा पौडेलले भदौ २३ र २४ गतेको आन्दोलनले जे कुरा परिणाम ल्याउन खोजेको छ त्यो एकै चोटी नआएको बताए । उनले  राजनितिक दलहरुकै केही कमजोरीका कारण यो परिस्थती आएको र यसमा काँग्रेस मात्र हैन सवै राजनितिक दलले सोच्नुपर्ने बताए । उनले यो संविधान कसैले बक्सेको संविधान नभएर जनताद्धारा निर्वाचित गरेर पठाएका प्रतिनिधिले निर्माण गरेको संविधान भएको बताए । उनले संविधान रक्षा सफल कार्यान्वयन र संस्थागत सुदृढिकरणमा नेपाली काँग्रेसले कही कतै मुल्य चुकाउन नहुने बताए । ‘यो समावेशी संविधान जनताको अधिकार संरक्षण गरेको संविधान हो जनताद्धारा निर्वाचित गरेका प्रतिनिधिले निर्माण गरेको संविधान हो पौडेलले भने,–‘ यसलाई केही तत्वले संकटमा पार्न खोजेपनि काँग्रेसले यसको प्रतिवाद गरेर अगाडी बढनुपर्छ संविधानको रक्षाका लागि सवै एकजुट हुनुपर्छ । 
उनले संविधानमा केही कुराहरु सुधारगर्नुे भएता पनि समायमा सुधारगर्न नसक्दा अहिलको परिस्थिती आएको बताए । पौडेलले संविधान कार्यान्वयन र संस्थागत सुदृढीकरणमा नेपाली कांग्रेसको भूमिका निर्णायक रहेको धारणा व्यक्त गरे । उनले काँग्रेस एक भएर सुर्धिनुपर्नेमा जोड दिए । अहिलेको परिस्थिती अनुसार काँग्रेसलाई पनि पूर्नगठन गर्न जरुरी रहेको धारणा व्यक्त गरे । 
कार्यक्रममा काँग्रेस केन्द्रीय सदस्य तथा संविधान सभा सदस्य चम्पादेवी खडकाले नेपाली कांग्रेसले रुपान्तरणको मुद्दा लिएर नवीन तरिकाबाट पार्टीलाई अगाडि लानुपर्नेमा जोड दिईन  उनले वर्तमान संविधानको रक्षा गर्नु कांग्रेसको मुख्य बताईन । 
 काँग्रेस गण्डकी प्रदेश कोषाध्यक्ष तथा बागलुङ नगरपालिकाका नगरप्रमुख बसन्त कुमार श्रेष्ठले जसरी संविधान निर्माणका क्रममा तत्कालिन प्रधानमन्त्री एवं काँग्रेसका सभापति सुशिल कोइराला नेतृत्वको सरकारले भुमिका खेलेका थियो यसको संरक्षणका निम्ती पनि काँग्रेसले नेतृत्व लिएर लाग्नुपर्ने बताए । उनले मुलुकको संघियतासँगै संविधान माथि नै प्रश्न आएको बेला सवै तहलाई मिलाएर जाने वातावरण काँग्रेसले बनाउनुपर्ने बताए । 
कार्यक्रममा काँग्रेस बागलुङका पूर्व जिल्ला सभापति मणिभद्र शर्मा कँडेल,  पूर्व सभापति एवं संविधान सभा सदस्य प्रकाश पौडेल, पुर्व उपसभापति एवं महासमिती सदस्य जगदिशचन्द्र उपाध्याय, प्रदेश सभा सदस्यहरु डिल्लीराम सुवेदी दोर्ण कुमा कुँवर, दिलमाया पौवीले काँग्रेसले संविधानको रक्षा गर्दै आफैलाई पनि रुपमान्तरण र पूर्नगठन तर्फ लाग्नुपर्ने सुझाव दिएका थिए । 
कार्यक्रमा नेपाली काँग्रेस गण्डकी प्रदेश समितिका सदस्य पार्वती आचार्य, कल्पना हमाल पाठक, महासमिति सदस्य सिताराम रसाईली, नेविसंघका केन्द्रीय सदस्य मनिष थापा, काठेखोलाका सभापति यामदत्त कंडेल, डिएली बागलुङका अध्यक्ष गिता श्रीष, बरिष्ठ अधिवक्ता कृष्ण निउरे, भुमिश्वर गौतम, नेपाल प्रेस युनियन बागलुङका अध्यक्ष संगम घर्ति मगर, क्षेत्रीय सहसचिव विष्णुराज पौडेलनेविसंघका पूर्व अध्यक्ष विशेष पराजुली नेपाली काँग्रेस गण्डकी प्रदेशका स्वास्थ्य विभागका सहसंयोजक डा. रामबहादुर केसी लगायतले पार्टीलाई पूर्नगठन गरेर अगाडी बढ्नुपर्ने धारणा राखेका थिए । 
कार्यक्रम नेपाली कांग्रेस बागलुङका सभापती जित शेरचनको अध्यक्षता, सहसचिव ज्ञानु श्रीस शर्माको स्वागत र सचिव हरिहर शर्माको सञ्चालमा सम्पन्न भएको थियो । 

प्रतिक्रिया