बागलुङ - नेकपा माओबादी केन्द्रका अध्यक्ष एव्म पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले अहिलेको सरकारले यस्तै क्रियाकलाप गर्दै गएमा देशमा फेरी नयाँ जनविद्रोह हुने संकेत पलाएको बताएका छन । मध्यपहाडी लोकमार्गमा जनतासँग माओबादी अभियान कार्यक्रमको सन्र्दभमा बागलुङ बजारमा आयोजित जागरण अभियानलाई सम्बोधन गर्दै उनले सरकार उल्टोबाटो हिड्दै गएको र यदी सच्चिएन भने पुन जनविद्रोह हुने बताए ।
सरकार यही रुपमा अगाडी बढ्ने हो सायद आउने बर्खा पछि नेपालमा एउटा शक्तिशाली आन्दोलन घोषणा हुने प्रचण्डले बताए । उनले त्यही आन्दोलनबाट फेरी नेपालमा नयाँ समृद्धिको यात्रा तय हुने समेत बताए ।
‘माओबादी सरकारलाई सच्चिएर जनताको मन जितेर काम गर्न आग्रह गरेको छ , दिनदिनै भ्रष्टचार भै रहेको छ, अनियमितता भै रहेको छ अध्यक्ष प्रचण्डले भने,–‘यस्तै प्रबृत्तिले सरकार चलाउने हो भने हामी यसको विरुद्धमा नयाँ रुपले आन्दोलन संचालन गर्नेछौं । यसले देशमा फेरी जनविद्रोह ल्याउने छ । उनले नयाँ समृद्धिको यात्राका लागि नेकपा माओबादीको नेतृत्व आवश्यक रहेको बताए ।
उनले विगतका आन्दोलनलाई गम्भिरता पूर्वक लिन नसक्दा १० वर्षे जनयुद्ध भएको भन्दै अहिले पनि तिनै पार्टीहरुले सत्ता हाँकेको उनिहरुको अहमताको कारण नयाँ रुपमा जनविद्रोह आउन सक्ने बताए ।
सरकारले गरिरहेको घमण्लाई नेकपा माओबादीले सचेत गराइरहेको तर सरकारले सुन्नै नचाहेका कारण यस्तै अवस्था रहे ठुलो विद्रोह हुन सक्ने बताउँदै सरकारले अझैपनी सच्चिएर देश र जनताको हितमा काम गर्न आग्रह गरेका थिए ।
उनले कार्यकर्तालाई देशको राजनितिक स्थिरता र समृद्धिको नयाँ यात्रा शुभारम्भका निम्ती माओबादी केन्द्र नै बलियो हुनुपर्ने बताएका थिए ।
जनतासँग प्रत्येक्ष जनसंवादमा जुटेका प्रचण्डले कार्यक्रममा सहभागी दिनबहादुर थापा, अर्जुन चोखाल, राजन कुमार शाक्य शुशिला पौडेलको प्रश्नहरुको सम्बोधन गर्दै शिक्षा, स्वास्थ्य उद्योग व्यवसाय र सुसासनको पक्षमा नेकपा माओबादी केन्द्र रहेको बताए ।
उनले हामीले केही गर्ने उद्देश्यका साथ आफुहरु आएको र जनताको फैसला अनुसार नै काम गरेको बताए ।
हामी विचमा कही कतै बाटो विरायौंकी जस्तो पनि लागेको छ । अब हामी सच्चिएर अगाडी बढ्ने छौं उनले भने,–‘शहिद र वेपत्ता परिवारको घरघरमा पुगेका छौं । किसानको घर घरमा पुगेका छौं पुरानै स्थितीमा छौं नयाँ तरिकाले आगडी बढ्ने छौं । उनले युवाहरुलाई विदेश पलायनबाट रोक्नका निम्ती नेकपा माओबादीले नयाँ काम गरेको बताए ।
प्रचण्डले सरकार भ्रष्टचारीहरुलाई संरक्षण गर्ने तर्फ लागेको र जनताको काम प्रति उदासिन देखिएको आरोप लगाए । ‘ सरकार विचौलियाको संरक्षणमा छ दैनिक एयरपोर्टबाट ५० औं लाख बढि भ्रष्टचारको रुपमा सरकारलाई रकम पुगेको छ प्रचण्डले भने,–‘यस्तो प्रबृति तत्काल रोक्न जरुरी रहेको यसै गरेमा देशमा झनै भ्रष्टचार र अराजकता बढ्दै जाने छ ।
उनले उत्पादन र उत्पादकत्वलाई जोडेर मुलुकमा आर्थिक क्रान्ती ल्याउने बताए । नेपालमा धेरै संभावना भएको हुँदा यही मेहनेत गरे आर्थिक क्षेत्रलाई चलयमान गराउन सकिन्छ ।
प्रचन्डले नयाँ आर्थिक र सांस्कृतिक क्रान्ति देशमा आवश्यक रहेको हुँदा यो माओबादी केन्द्रको अभियानमा तराई देखी पहाड सम्मका जनतालाई अपिल गरेर हिँडेका बताए ।
हामीलाई आफ्नै परिश्रमबाट देश बनाउ भन्ने भावना मर्दै गएको हुँदा युवाहरुलाई आफ्नै ठाउँमा केही गरौं भन्ने कार्यक्रम ल्याउनुपर्ने बताए । उनले नेता प्रति घृणा जगायो भने समाज अराजक तर्फ जाने बताउँदै सवैको हरेक ठाउँमा सम्मान हुन जरुरी रहेको बताए ।
प्रचण्डले मध्यपहाडी लोकमार्गको परिकल्पना आफ्नै पालामा भएको हुँदा यसले धेरै सम्भावना बोकेको बताए । साथै उत्तरगंगा जलाशययुक्त परियोजना बागलुङ तर्फ निर्माणका लागि आफुहरु सकरात्मक रहेको बताए ।