सिगाना माध्यामिक विद्यालय लामिचौरको ७२ औं वार्षिकोत्सव मनाइयो

  • माघ ११, २०८२

बागलुङ । सिगाना माध्यामिक विद्यालय लामिचौर बागलुङको ७२ औं वार्षिकोत्सव सम्पन्न भएको छ ।  पाँच दिवसीय रुपमा मनाइएको वार्षिकोत्सव शनिबार समापन गरिएको थियो । मुल समारोहको उद्घाटन गर्दै गण्डकी प्रदेश सांसद दिपेन्द्र बहादुर थापाले आजको शिक्षा व्यवहारिक शिक्षा रहेको बताए ।
उनले भौतिक पूर्वाधारले उत्कृष्ट विद्यालयमा शैक्षिक गुणस्तर बढाउन ध्यान दिनुपर्ने बताए । उनले सिगाना माध्यामिक विद्यालयले पछिल्लो समय शैक्षिक सुधारमा लाग्नुपर्ने बताए ।
कार्यक्रममा बागलुङ नगरपालिकाका उपप्रमुख राजु खड्काले बालमैत्री विद्यालयले विद्यालयको शैक्षिक गतिविधिमा सुधार ल्याएको बताए । 
कार्यक्रममा बागलुङ नगरपालिकाका नगरशिक्षा अधिकारी धन प्रसाद पोख्रेल, बागलुङ नगरपालिका–८ सिगानाका वडाअध्यक्ष छम बहादुर कार्की, सिगानाकै पूर्व वडा अध्यक्ष जित बहादुर क्षत्री, वडा सदस्य वेद बहादुर क्षत्री, नगर शिक्षा समितिका सदस्य गोपाल कुमार शर्मा, विद्यालयका पूर्व व्यवस्थापन समितिका अध्यक्ष चन्द्रमणी गौतम, विद्यालयका पूर्व प्रधानध्यापक चन्द्र बहादुर मल्ल, अधिवक्ता लक्ष्मी जिसी कार्की, अक्षयकोषदाता तेज बहादुर खत्री, स्थानीय रोशन कार्की, विद्यार्थी दिपशिका परियारले शुभकामना मन्व्य व्यक्त गरेका थिए। 
कार्यक्रममा सिगानाका वडा अध्यक्ष छम बहादुर कार्की, वडासदस्यहरु वेद बहादुर क्षत्री, सोभा जिसी, मन बहादुर नेपाली र ज्योती नेपाली, वडा सचिव हरी प्रसाद सिलवाल, स्वास्थ्य चौकी प्रमुख सारदा आचार्य, पूर्व शिक्षकहरु सृजना केसी, पार्वती ढकाल र लोक बहादुर खड्का, विद्यालयका उत्कृष्ट शिक्षकहरु सुरेन्द्र हमाल र सोनिया कार्की, विद्यालयका चन्दादाताहरु र सिगानाभरका १८ टोलका आमा समूहलाई सम्मान गरिएको थियो । 
विद्यालयको आर्थिक तथा प्रगति प्रतिवेदन विद्यालयका प्रधानध्यापक लोक बहादुर खड्काले  प्रस्तुत गर्नुभएको थियो । कार्यक्रममा पूर्व व्यवस्थापन समितिका अध्यक्ष कृष्ण बहादुर कार्की र अभिवक्ता लक्ष्मी जिसी कार्कीलाई नागरिक अभिनन्दन गरिएको थियो । 
कार्यक्रम विद्यालय व्यवस्थापन समितिका अध्यक्ष टिकाराम थापाको अध्यक्षता, शिक्षक अभिभावक संघका अध्यक्ष गोविन्द प्रसाद गौतमको स्वागत तथा शिक्षक भुपेन्द्र कार्की र विशाल परियारको सन्चालनमा सम्पन्न भएको थियो ।  

प्रतिक्रिया