ग्रेस इन्टरनेशनल एजुकेशनको १२ औँ शाखा बागलुङमा

  • जेठ ३०, २०८०

बागलुङ । ग्रेस इन्टरनेशनल एजुकेशनको बागलुङमा १२ औँ शाखा संचालनमा स्थापना भएको छ । आइतबार ग्रेस इन्टरनेशनल एजुकेशन नेपालका प्रमुख एन्ड्रयु पौडेलले कार्यालयको उद्घाटन गर्नु भएको हो । 

उद्घाटनपछि बोल्दै पौडेलले असल शैक्षिक परामर्श दिँदै आएको ग्रेस इन्टरनेशनले अब बागलुङबाट पनि सेवा विस्तार गरेको बताए ।  उनले पछिल्लो समय विद्यार्थीहरुमा कहाँ पढ्ने, के पढ्ने, पढेर के भन्ने भन्ने द्वविधा उत्पन्न भइरहेको सन्दर्भमा ग्रेस इन्टरनेशनले उनीहरुको भविष्यका बारेमा ‘काउन्सिलङ’ गर्ने बताए । संस्थाले विद्यार्थी गुणस्तरीय शिक्षा प्रदानका लागि जोड दिने गरेको उनकाे भनाई थियो । 

यस संस्थालले हालसम्म २५ हजार विद्यार्थीलाई स्वदेश तथा विदेशमा रोजगारीका लागि पठाउने तथा सहयोग गर्ने गरेको जानकारी दिए । उनले भने – ‘यस संस्थाले विद्यार्थीलाई कुनै पनि समस्या नपरोस्, देशमा होस् या विदेशमा उनीहरुलाई रोजगारका लागि तथा अध्ययनका लागि सहयोग गर्ने गर्दछ ।’

ग्रेस इन्टरनेशनल एजुकेशन बागलुङका प्रमुख ओमकार पौडेलले पछिल्लो समय विद्यार्थीहरु विदेश जाने लहलहैमा लाग्दा समस्यामा पर्ने गरेको भन्दै उनीहरुलाई दक्ष बनाई नेपाल तथा विदेशमा अध्ययन र रोजगारका सहजता प्रदान गर्ने बताए ।  संस्थाको आयोजनामा  ‘द रोड अहेड’ कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा चर्चित टेलिभिजन कार्यक्रम प्रस्तोता आरके धिताल, ग्रेस इन्टरनेशनल एजुकेशन नेपालका प्रमुख एन्ड्रयु पौडेल, चर्चित कमेडियन कैलाश कार्की, ग्रेस इन्टरनेशनल एजुकेशन पोखराका प्रमुख प्रदीपकुमार लम्साल, ग्रेस इन्टरनेशनल एजुकेशन बागलुङका प्रमुख ओमकार पौडेल लगायतले प्रशिक्षण दिनु भएको थियो । कार्यक्रममा करिब २०० जनाको सहभागिता रहेको थियो ।

प्रतिक्रिया