बागलुङ- बागलुङ नगरपालिका बालमैत्री नगर घोषणाको एक वर्ष पुगेको अवसरमा यसको दिगोपन सुनिश्चितता गर्ने उद्देश्यले आईतबार बक्तृत्वकला प्रतियोगिता सम्पन्न भएको छ । ‘एक वर्षको अनुभव बालमैत्री स्थानिय शासनको प्रभाव’ विषयक प्रतियोगिताको उद्घाटन गर्दै बागलुङ नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत ईश्वरी प्रसाद शर्माले बागलुङ नगपालिका बालमैत्री स्थानिय शासन युक्त पालिका घोषणासँगै बालबालिकाको क्षमता अभिबृद्धि बढ्दै गएको बताए । उनले बालमैत्री घोषणामा पश्चात दिगोपना सुनिश्चित चुनौती रहेता पनि बागलुङ नगरपालिको हरेक चुनौती समाना गर्दै अगाडी बढेको बताए । शर्माले नगरपालिकामा बालमैत्रीका सम्पुर्ण पुर्वाधार बनिसकेका कारण दिगोपनामा कुनै समस्या नरहेको बताए । कार्यक्रममा नगरपालिकाका शिक्षा शाखा प्रमुख धनप्रसाद पोखरेलले बालमैत्री दृष्ट्रीकोण विद्यार्थीहरुको सहभातिा सुनिश्चित गर्न र बाल अधिकृतको संरक्षण र प्रर्वद्धन अभिव्यक्ती क्षमता विकास गर्ने उद्देश्य अनुरुप बक्तृत्वकला प्रतियोगिता संचालन गरेको बताए ।
नगरस्तरीय बाल संञ्जालको आयोजनामा आयोजित प्रतियोगितामा गणेश माध्यामिक विद्यालय नारायणस्थानका विद्यार्थी विद्या अधिकारी प्रथम, सिद्धार्थ सदन माविका विद्यार्थी संक्षम शर्मा द्धितिय र विश्वकर्मा मावि कालिमाटीका विद्यार्थी प्रकृति पौडेल तृतिय भएका छन । प्रतियोगितामा विजयीले क्रमस ७ हजार रुपैयाँ, ५ हजार रुपैयाँ, र ३ हजार रुपैयाँ प्रदान गरिएको छ ।
बागलुङ नगरपालिकालाई गत वर्षको माघ ९ गते बालमैत्री नगर घोषाण गरिएको हो ।
कार्यक्रम नगरस्तरीय बाल सञ्जालका अध्यक्ष अनुषा कंडेलको अध्यक्षता सचिव संस्कार गौतमको संचालनमा सम्पन्न भएको थियो ।