दब्ल्याङको पहिरो अवलोकन गर्दै मुख्य मन्त्री पाण्डेले भने यसको छिट्टै निकास खोज्छौं 

  • जेठ ७, २०८०

बागलुङ । बर्खा होस  वा हिउँद पानी परेपछि सडक अवरुद्ध गराउने बागलुङ नगरपालिका–१० भकुण्डे दब्ल्याङ पहिरोको गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले स्थलगत अवलोकन गरेका छन । गण्डकी प्रदेश सभा सदस्य डिल्लीराम सुवेदी र जैमिनी नगरपालिकाका उपप्रमुख हरिहर शर्मा सहित स्थलगत अवलोकनमा पुगेका पाण्डेले हरेक वर्ष पहिरो जानुका कारण पत्ता लगाउन जरुरी रहेको बताए । उनले पहिले भुगोलको राम्रो सँग अध्ययन गर्नुपर्ने बताए ।  पहिरोकै निम्ती अनुसन्धान गर्न आएका प्राविधिक सँगै भेटेर पाण्डेले पहिले नियमित पहिरो जानुको कारण पत्ता लगाउन आग्रह गरे । उनले पहिलो कारण पत्ता लागेपछि प्रदेश सरकारले निकास खोज्ने बताएका थिए । उनले प्रदेशले नसकेका संघिय सरकार सँग पनि यसको बारेमा थप समन्वय गर्ने बताए । ‘पहिले यसको रोग पत्ता लगाउनुहोस । के कारणले नियमित पहिरो गएको छ । अनुसन्धानमा आएका प्राविधिक टोलीलाई उनले भने,– रोग पत्ता लगाएपछि उपचार गरौला । नत्रै बैकल्पिक उपायको पनि खोजी गर्नुपर्दछ  । 
पहिरोले हरेक वर्ष दक्षिण बागलुङका आम नागरिकले सास्ती खेप्नुपरेको छ । मुख्यमन्त्रीलाई भौगोलिक अवस्थाको बारेमा जानकारी गराउँदै प्रदेश सभा सदस्य डिल्लीराम सुवेदीले भने,–‘वर्खामा न कालिगण्डकी करिडोर संचालन गर्न सकिन्छ न कुश्मिसेरा सडक खण्ड यसको निकास के हुन्छ त्यसको उपाय खोजिदिनु पर्यौ ।’ 
दब्ल्याङको पहिरोको स्थलगत रुपमा नै प्राविधिकहरुको टोलीले अध्ययन थालेको हो । पुर्वाधार विकास कार्यालयले विस्तृत अध्ययनका लागि प्राविधिको टोली खटाएको छ । पहिलो चरणको अनुसन्धान पश्चात पुन यसको भित्री अवस्था के छ त्यो परिक्षणका निम्ती एक्सरे प्रविधि र माटो परिक्षण गरिने अध्ययनका लागि आएका प्राविधिकहरु बताउँछन । 
विगत ३ वर्ष देखी दक्षिण बागलुङ जोड्ने सडक समय समयमा यहि पहिरोका कारण अवरुद्ध हुँदै आएको छ । 
 

प्रतिक्रिया