• गृहपृष्ठ /
  • प्रमुख समाचार ,
  • Breaking News ,
  • समाज ,
  • बागलुङ ,
  • कला/मनोरञ्जन ,
  • फोटो फिचर

बागलुङमा यसरी मनाईयो गाईजात्रा (फोटो फिचर)

  • साउन २९, २०७९

बागलुङमा प्रत्येक वर्ष भाद्र कृष्ण प्रतिपदादेखि अष्टमीसम्म आठ दिन मनाइने परम्परागत सांस्कृतिक पर्व ‘गाईजात्रा’ आज स्वास्थ्य मापदण्ड पालन गरी प्रारम्भ भएको छ । एक वर्ष पहिले दिवंगत भएका आत्माको शान्तिको कामना गर्दै बागलुङमा गाईजात्रा मनाइएको हो ।

नेवार समुदायले मनाउने गरेको गाईजात्रा पर्वलाई आफ्ना परिवारमा मृत्यु भएको सदस्यको सम्झनामा तायाः मचा बनाएर नगर परिक्रमा गरिएको छ यस वर्ष सदरमुकाम बागलुङ बजारका नेवार समुदायका परिवारमा मृत्यु भएका ८ जनाको तायाः मचा बनाइएको हो ।गाईजात्रा मृत्युसंस्कारसँग सम्बन्धित पर्व हो ।

नेवार समुदायमा कसैको मृत्यु भएपछि मृतकलाई मरेपिपल हुँदै दाहसंस्कारको लागि निरेघाटमा लैजाने हुँदा विहान निकाल्ने ताया मचालाई मरेपिपलसम्म लगेर मृतकको आत्मालाई देखाएर फर्काएकापछि मात्र मृतकको आत्माले शान्ती पाउने भन्ने कथन छ ।

बजारको नारायणचोकबाट सुरु भई मरेपिपल परिक्रमा गरी पुनः नारायणचोकमा गएर गाईजात्राको समापन गरिएको थियो ।यो एक प्रकारको मृत्यु गणना जात्रा पनि हो। 

तश्विरमा गाईजात्रा कार्यक्रम:तश्विर नारायण रिजाल

No description available.No description available.

No description available.

No description available.

No description available.

No description available.

No description available.No description available.

No description available.

 

प्रतिक्रिया

ताजा समाचार

लोकप्रिय