राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता मंसिरको अन्तिम साता हुने

  • कार्तिक ३०, २०८२

बागलुङ !  जिल्लास्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता मंसिरको अन्तिम साता हुने भएको छ । जिल्ला खेलकुद विकास समिति बागलुङको आईतबार बसेको बैठकले मंसिर २६ र २७ गते प्रतियोगिता संचालन गर्ने निर्णय गरेको छ ।  खेलकुद विकास समिति  र जिल्ला समन्वय समिति बागलुङ, जिल्लास्थीत सम्पूर्ण स्थानीय तहका प्रमुख प्रतिनिधि सहितको बैठकले १४ औं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता बागलुङ नगरपालिका—१ बाँगेचौर खेलमैदानमा गर्ने निर्णय गरेको हो ।
जिल्लास्तरीय प्रतियोगिताका लागि छिटो पालिकास्तरीय प्रतियोगिता सम्पन्न गरी प्रतियोगिता विद्यार्थी खेलाडी पठाउन जिल्ला खेलकुद विकास समितिले जनाएको छ । प्रतियोगिता सञ्चालनका लागि सरकारले कुनै बजेट विनीयोजन नगरेकाले स्थानीय तहसंग सहयोग उठाएर प्रतियोगिता गर्न लागिएको खेलकुद विकास समितिका अध्यक्ष कृष्णप्रसाद कँडेलले बताए ।
 ‘जिल्लास्तरीय प्रतियोगिता गर्नका लागि प्रदेश रकम पठाउन छोड्यो, हामीले स्थानीय पालिकासंगै सहयोग मागेर कार्यक्रम गर्दैछौं,’उनले भने,‘गाउँपालिकाबाट ४० हजार र नगरपालिकाबाट ६० हजारका दरले सहयोग उठाएर प्रतियोगिता गर्दैछौं ।’ यसवर्ष प्रदेशस्तरीय राष्ट्रपति रनिङ शिल्डको  प्रतियोगिता पनि बागलुङमा हुँदैछ । 

प्रतिक्रिया