बागलुङ - नेकपा माओबादी केन्द्रका केन्द्रीय उपाध्यक्ष नारायणकाजी श्रेष्ठले अहिलेको सरकार भ्रष्ट र निरंकुश बन्दै गएको बताएका छन । नेकपा माओबादी केन्द्रको मध्यपहाडी जागरण अभियान अन्तरगत बागलुङको गलकोटमा आयोजित जनसभामा सम्बोधन गर्दै श्रेष्ठले सरकारल नेकपा एमाले र काँग्रेस मिलेको बनेको सरकारले जनताको काम भन्दा पनि भ्रष्ट बन्दै गएको आरोप लगाएका हुन । श्रेष्ठले अहिललेको सरकार भ्रष्टचारलाई रक्षा गर्न र प्रोत्साहन गरेको हुँदा जनतको हितमा कुनै पनि काम गर्न नसकेको बताए । ‘सरकारको अहिलेको व्यवहारबाट नै पुष्टी भएको छ, प्रधानमन्त्री केपी ओली आफै विभिन्न कार्यक्रममा प्रचण्ड सरकार नढालेको भए हामी जेलभित्र कोचिने थियौं भनेर श्रेष्ठले भने,–कानुनको डण्डाबाट बच्नका लागि अहिलेको सरकार बनेको हो । यो सरकार जति रहन्छ देशमा त्यति समय नै राष्ट्रियता र सुसासन खतरा तिर जान्छ सवै काम जनताको हित विपरित हुन्छ ।’
उनले सरकारको यो गलत क्रियाकलापले नेकपा माओबादी केन्द्रले देशव्यापी नै जनतासँग जागरण अभियान संचालन गरेको बताए । उनले काँग्रेस एमालेलाई सच्चिन आग्रह मात्र हैन खबरदारी नै गरेका थिए । ‘हामीले आम जनतालाई फेरी के स्मरण गराउन चाहन्छौं कि काँग्रेस र एमालेको यथास्थिती बादी प्रबृतिले प्रतिगामी शक्ति सक्रिय भएको छ यदी सच्चिदैन भने हामी खबरदारी गर्ने छौं श्रेष्ठले भने ।’
श्रेष्ठडले नेकपा माओबादीका पनि केही त्रृटी र कमजोरी भएको र त्यसलाई रुपान्तरण गरेर अगाडी बढ्ने बताए । उनले माओबादीले हामी आत्मआलोचना गरेर अभियानमा आएको र नयाँ सास्कृतिक क्रान्ति बोकेर जनतासँग जोडिएको बताए । ‘पार्टीमा व्यक्तिवाद र गुटबादको अन्त्य गर्नेछौं । दलित महिला, मधेशी सवैलाई समावेशिताका आधारमा हामीले हेर्नेछौ । जसले पार्टी बनाउन यहाँ सम्म योगदान गरेको छ । यो रुपान्तरण र पुर्न गठन गर्न तयार छौं । श्रेष्ठले भने,–‘सहिद परिवार वेपत्ता परिवार, श्रमिक सँग जनप्रतिनिधि सँग हामी पुगेर सुझाव मागेका छौं । हाम्रा कमजोरीहरु हामीले सच्चाउने छौं । हामीले संघर्ष गर्नुपर्दछ । जनताको सुझाव र मार्गनिर्देशन लिने अभियान हो । यो अभियान । हामी सरकारमा गएपश्चात पुरा गर्नेछौं ।
उनले गलकोटलाई इलाका प्रशासन गराउने भन्ने कुरा छलफल भयो तर बन्न नसकेको र आफु गृहमन्त्री हुँदा पहिलो प्राथमिकतामा राखेपनि अर्थमन्त्रालयलय बजेट नछुटिएका कारण त्यो काम हुन नसकेको बताए ।
श्रेष्ठले संविधानसभाबाट नेपालको इतिहासमा पहिलो पटक जारी गरेको संविधानमा संस्थागत गरिएको छ र त्यसलाई संस्थागत गरेको संविधानमा कार्यान्वयन गर्नका निम्ती जनता सँग राय माग्न यो अभियान रहेको बताए । उनले
जनाले चाहेको पहिलो संकल्प र प्रतिबद्धता यस अभियान मार्फत ती आम श्रमिक जनतालाई उत्पीडित वर्ग र समुदायलाई आम नेपाली जनताको अगाडि हामीले संकल्प गरेको र प्रतिबद्धता जनाउन खोजेको कुरा के हो भने जनता माझ आएको बताए ।
वैज्ञानिक क्रान्तिको रणनीतिक उद्देश्य वैज्ञानिक समाजवाद स्थापित गर्ने गरि छाड्ने संकल्प र प्रतिबद्धता यहाँहरु समक्ष पार्टीको तर्फबाट म व्यक्त गर्न चाहन्छु। श्रेष्ठले भने,–‘ हामिले वैज्ञानिक समाजवाद स्थापित गर्ने लक्ष्य पूरा गरी छाड्छौ त्यसबाट हामी विचलित भएका छैनौं । पहिलो हाम्रो संकल्प र प्रतिबद्धता यो । अभियानमा अध्यक्ष प्रचण्ड सहित नेताहरु देव गुरुङ, देवेन्द्र पौडेल, पम्फा भुषास, दिननाथ शर्मा, कृष्णबहादुर महरा, अग्नि सापकोटा लगायतका नेताहरु रहेका छन ।