सशस्त्र प्रहरी बल बागलुङको छैठौँ स्थापना दिवस

  • भदौ २, २०८२

बागलुङ- सशस्त्र प्रहरी बल नेपाल आश्रित गुल्म बागलुङले आफ्नो छैठौँ स्थापना दिवस विभिन्न कार्यक्रम गरी सम्पन्न गरेको छ । गुल्मले सप्ताहव्यापी कार्यक्रम सहित सोमबार मुख्य समारोह गरेको थियो । मुख्य समारोहको उद्घाटन गर्दे सशस्त्र प्रहरी बल नेपाल नं. ४ मुक्तिनाथ बाहिनी मुख्यालय पोखराका सशस्त्र प्रहरी नायब महानिरिक्षक दिपेन्द्र शाहले सशस्त्र प्रहरी एक जिम्मेवार प्रहरी संगठन भएको हुँदा यसको सामाजिक क्षेत्रमा ठुलो योगदान भएको बताए । उनले राष्ट्र, देश र जनता प्रति उत्तरदायी बन्दै विपद व्यवस्थापन लगायतका कार्यक्रम सशस्त्र प्रहरीले महत्वपुर्ण भुमिका खेलेको बताए । 
‘सिमित जनशक्ति श्रोत साधनका विच पनि हामी जनताको सेवामा समर्पित छौं महानिरिक्षक शाहले भने,–‘हरेक विपदमा सशस्त्र प्रहरीले आफ्नो ज्ञान कौशलतालाई प्रयोग गरेर यसको व्यवस्थापनमा जुटेको छ, हामी निरन्तर देश र जनताको सुरक्षाका निम्ती खट्ने छौं ।’ उनले प्रहरी संगठनलाई सफल बनाउने भुमिका समाज र स्थानिय नागरिकको भएको बताए । उनले समस्या र चुनौतीसँग अगाडी बढ्न जनताको सेवामा निरन्तर खट्न आफुभन्दा तल्लो दर्जाका प्रहरीलाई निर्देशन समेत दिएका छन । 
उनले बागलुङमा सशस्त्र प्रहरी गुल्मको कार्यालय आफ्नो नामको जग्गामा नभएको र कार्यालय निर्माणका निम्ती पहिले जग्गा व्यवस्थापनको जरुरी रहेको हुँदा यहाँका स्थानिय सरकार, नागरिक र सरोकारवालाले चासो दिएर जग्गा व्यवस्थापनका निम्ती आग्रह गरे । उनले जग्गा व्यवस्थापन भएमा भवन निर्माणका लागि रकम विनियोजन गर्न सकिने जानकारी दिए । 
कार्यक्रममा बागलुङ नगरपालिकाका नगरप्रमुख बसन्त कुमार श्रेष्ठ र बागलुङका प्रमुख जिल्ला अधिकारी कुमानसिंह गुरुङले सशस्त्र प्रहरीले देशको सिमा सुरक्षा देखी विपद व्यवस्थापन सम्म महत्वपूर्ण भुमिका खेलेको बताए ।
शान्ति सुरक्षा प्रतिवद्धाको मुल मन्त्रलाई शिरोधार्य गर्दै देशका ७७ वटै जिल्लामा स्थापना भएको सशस्त्र प्रहरी गुल्म बागलुङमा पनि २०७६ भदौ २ गते स्थापना भएको थियो । साविकको जिल्ला भु–संरक्षण कार्यालयको भवनबाट कार्यालय संचालन गरेको गुल्म २०८० माघ ३ गतेबाट बागलुङ नगरपालिका कार्यालयको रातमाटामा रहेको भवनबाट कार्यालय संचालन  हुँदै आएको गुल्मपति प्रहरी नायब उपरिक्षक सुरज खड्काले जानकारी दिए । गुल्मले नेपाल सरकारले प्रदान गरेको जिम्मेवारीहरुलाई संगठनको नीति व्यवस्थापन, लगायतका विभिन्न क्रियाकलापहरुमा परिचालित भै आम जनमानसमा सुरक्षाको प्रत्याभुती दिलाउँदै आफ्नो जिम्मेवारी प्रभावकारी रुपमा सम्पन्न गर्दै आएको खड्काले बताए । 
स्थापना दिवसको अवसरमा सप्ताहव्यापी कार्यक्रमहरु संचालन गरिएको थियो । सो कार्यक्रममा उत्कृष्ट हुनेलाई पुरस्कृत गर्नुका साथै गुल्ममा विभिन्न सहयोग गर्नेलाई सम्मान गरिएको थियो । 

May be an image of 3 people, dais and text
दिवसको अवसरमा आयोजित हतियार ह्याण्डलिङ कार्यक्रममा सशस्त्र प्रहरी सहायक हवल्दार सुनिता मुखिया, दुई माइल ढौडमा प्रहरी जवान देविन्द्र घर्तिमगर उत्कृष्ट भएका थिए । हाजिर जवाफ प्रतियोगितमा प्रहरी हवल्दार गंगाबहादुर थापा, प्रहरी सहायक हवल्दार खडक थापा आले,  प्रेम बहादुर परियार,  प्रहरी जवान प्रकाश नेपाली र देविन्द्र घर्तिमगर उत्कृष्ट भएको गुल्मपती खड्काले जानकारी दिए । त्यसैगरी सामाजिक कार्यमा उत्कृष्ट काम गर्ने प्रहरी हवल्दार भिमबहादुर थापा, उत्कृष्ट जुनियर अधिकृत प्रहरी नायब निरिक्षक अनन्त प्रसाद पौडेल, र उत्कृष्ट प्रहरीको रुपमा प्रहरी सहायक हवल्दार शिवबहादुर खत्रीलाई सम्मान गरिएको थियो । 
स्थापना दिसकै अवसरमा भूतपुर्व सशस्त्र प्रहरी हवल्दा राजेन्द्र परियार, प्रहरी जवान देविन्द्र घर्तिमगर, स्थानिय समाजसेवी भरत सापकोटा, युवा व्यवसायी तथा उद्योग बाणिज्य संघ बागलुङका निवर्तमान अध्यक्ष नरेश कंडेल र शहिदको परिवारको तर्फबाट स्व. तुलसीराम कंडेलका भाई गिरिजा कंडेललाई सम्मान गरिएको थियो ।
कार्यक्रम गुल्मपती सुरज खड्काको धन्यवाद मन्तव्य र प्रहरी निरिक्षक ज्ञानचन्द्र पराजुलीको संचालनमा सम्पन्न भएको थियो । 

May be an image of 9 people

May be an image of 11 people and text

May be an image of 3 people

 

 

प्रतिक्रिया