यु–१४ अन्तर विद्यालय फुटबल प्रतियोगिता सुरु

  • भदौ १६, २०८२

बागलुङ- जिल्ला फुटबल संघ बागलुङले एन्फा यु–१४ अन्तर विद्यालय फुटबल प्रतियोगिता संचालन गरेको छ । नेपाली फुटबल खेलाडी स्वर्गिय अनुमप घलान, आदित्य बलम्पाखी, दिवस बानिया, प्रियन्स आचार्य, विकल रेग्मी र साईमन योन्जनको स्मृतिमा आयोजित प्रतियोगिता आईतबार देखी सुरु भएको हो । प्रतियोगिताको उद्घाटन गर्दै बागलुङ नगरपालिका वडा नं. १ का वडा अध्यक्ष जयबहादुर केसीले स्वास्थ्यका लागि खेल अति आवश्यक रहेको बताए । उनले १४ वर्ष मुनीका छात्र छात्रालाई लक्षित गरिएको प्रतियोगिताले फुटबल प्रति क्रेज बढाउने विश्वास व्यक्त गरेको बताए । कार्यक्रममा वडा नं. २ का वडा अध्यक्ष सुरज बोसेलले फछिल्लो समयमा फुटबल प्रति सवै पुस्ताको आर्कषण बढ्दै गएको बताए । 


लिग सिष्टमको प्रतियोगितामा विभिन्न विद्यालयका छात्र १५ र छात्रा ५ समुह सहभागी रहेका छन । प्रतियोगिताको पहिलो खेल छात्र तर्फ सिद्धार्थ शिक्षा सदन र कालिगण्डकी बोर्डिङ स्कुल विच भएको थियो । जसमा कालिगण्डकीले ३–० गोलको अन्तर पारेको छ । छात्रा तार्र्फ विद्यामन्दिर मावि र न्युओएसिस एकेडेमी विच भएको खेलमा ओयसिसले १ गोल गरेर विद्यामन्दिरलाई पछि पारेको आयोजक जिल्ला फुटबल संघका कोषाध्यक्ष सुर्य लामिछानेले जानकारी दिए । प्रतियोगिता आगामी २१ गते सम्म संचालन हुनेछ ।

प्रतियोगितामा छात्र तर्फ प्रथम पुरस्कार २५ हजार ट्रफि मेडल र प्रमाणपत्र, द्धितिय पुरस्कार १५ हजार ट्रफि मेडल र प्रमाणपत्र रहेको छ । त्यसैगरी छात्रा तर्फ प्रथम पुरस्कार १२ हजार ट्रफि मेडल र प्रमाणपत्र र द्धितिय पुरस्कार ८ हजार रुपैयाँ ट्रफि मेडल र प्रमाणपत्र रहेको छ । प्रतियोगितामा उत्कृष्ट खेलाडी, सर्वोकृष्ट गोलकर्ता, उत्कृष्ट गोलरक्षकका लागि पनि पुरस्कार रहको आयोजकले जनाएको छ । प्रतियोगिात आगामी २१ गते सम्म संचालन हुने छ । 

 

प्रतिक्रिया