गृहमन्त्रीले जिम्मेवारी इमान्दारिता साथ निर्वाह गरेकोमा पूर्ण विश्वास छ’– महामन्त्री थापा

  • जेठ १५, २०८२

‘काठमाडौं–नेपाली कांग्रेसका महामन्त्री गगन थापाले भिजिट भिसा प्रकरण बारेमा मुख खोलेका छन् । नेपाली काग्रेस धरान उप–महानगर सम्मेलनमा बोल्दै थापाले भने, ‘रमेश लेखकले विगतमा प्राप्त जिम्मेवारीहरू जसरी इमान्दारिता र कुशलतापुर्वक निर्वाह गर्दै आउनु भएको छ, गृहमन्त्रीको जिम्मेवारी पनि त्यसरी नै इमान्दारिता साथ निर्वाह गरिरहनु भएको छ भन्ने हाम्रो पुर्ण विश्वास छ ।’ अनुसन्धानको दायरामा नपरेका प्रशासनिक वा राजनीतिक नेतृत्वलाई जिम्मेवार ठह¥याउने विषय न त कानूनी हिसाबले उपयुक्त हुन्छ न त न्यायोचित नै हुन्छ भन्दै लेखक अहिले अनुसन्धानको दायरामा नआएकाले उनले राजिनामा दिनुनपर्ने संकेत गरे ।

अनुसन्धान गृहमन्त्रीसम्म आएको खण्डमा मात्र नैतिकताको प्रस्न रहेको बताए । महामन्त्री थापाले राज्यको जिम्मेवारीमा रहेका व्यक्तिबाट अख्तियार दुरुपयोग गरी भ्रष्टाचारजन्य काम हुन्छ भने त्यसको अनुसन्धान र अभियोजन गर्ने जिम्मा संविधानले नै अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई दिएको स्मरण गराए । अख्तियारले हरेक वर्ष अनेकन विषयमा हजारौंको संख्यामा अधिकारीहरू माथि अनुसन्धान भैइरहेको हुन्छ ति मध्ये कसैलाई अभियोजन हुन्छ कसैलाई हुदैन, यो नियमित प्रक्रिया भएको थापाले बताए । ‘वर्तमान सरकारकै पनि दर्जनौ मन्त्रालयका सयौं अधिकारी माथि अहिले अनुसन्धान भै रहेको छ, ’ थापाले भने, ‘जुन निकाय वा जो माथि अनुसन्धान भैइरहेको छ सम्बन्धित विषयसंग उनीहरु नै जोडिन्छ ।’ अनुसन्धानका क्रममा नयाँ तथ्य र प्रमाणहरू प्राप्त भए भने, अनुसन्धानको दायरामा अन्य जिम्मेवार प्रशासनिक वा राजनीतिक अधिकारीहरू थपिंदै जान्छन्, थापाले भने, ‘यस्तो अवस्था नआउँदा वा नहुँदासम्म अनुसन्धानको दायरामा नपरेका प्रशासनिक वा राजनीतिक नेतृत्वलाई जिम्मेवार ठह¥याउने विषय न त कानूनी हिसाबले उपयुक्त हुन्छ न त न्यायोचित नै हुन्छ ।’ विपक्षी दलले गृहमन्त्री लेखकको राजिनामा मागिरहेको अवस्थामा थापाले यस्तो बताएका हुन् । भिजिट भिसा बारेमा पनि थापा बोलेका छन् । राज्यको जिम्मेवारीमा रहेका अधिकारी तथा निकायहरूबाट अख्तियारको दुरुपयोग गरी भिजिट भिसाका नाममा सयौं नेपाली नागरिक ठगिएका, शोषणमा परेका सन्दर्भमा सार्वजनिक भइरहेका प्रकरणहरुले यो विषय कुन हदसम्म विकराल रहेछ र यसको जालो कहाँसम्म फैलिएको रहेछ भन्ने तथ्यले स्तब्ध बनाएको थापाले बताए । महामन्त्री थापाको धारणा १.नागरिक सुरक्षा र संरक्षणको जिम्मेवारी लिएका राज्यका अधिकारीहरूकै मिलेमतोमा भएका यी हर्कतहरू गैह्रकानूनी त छँदैछन्, अमानवीय पनि छन् ।

यस्तो कुकृत्यमा संलग्न जोसुकै होस्, जुनसुकै पद, तह र तप्काको होस्, राजनीतिक नेतृत्व होस् वा प्रशासनिक होस्, पर्दा अगाडिको होस् वा पछाडिको होस् सबै कारवाहीको दायरामा ल्याउनैपर्छ । कोही पनि उम्कन हुँदैन, उम्कन पाउँदैन । २) अख्तियार दुरुपयोग अनुसन्धान आयोगले यस प्रकरणमा त्रिभुवन विमानस्थल अध्यागमन कार्यालय प्रमुख लगायतमा अनुसन्धान थालेको छ । कुनै शक्तिको भक्ति नगरी निर्भीक भएर तथा भिडको दबाव वा प्रभावमा नपरी निष्पक्ष ढङ्गले अख्तियारले अनुसन्धानलाई अगाडि बढाउनुपर्छ । कुनै अलमलमा नपरिकन यसको गहिराइसम्म पुग्नुपर्छ । जो जो परोस् जहाँ सम्म पुगोस् यसका जरा, हाँगा बिंगा सबै खोज्नुपर्छ । ३) अध्यागमन विभाग गृह मन्त्रालय अन्तर्गतको निकाय भएकोले यो विषयमा गृहमन्त्री रमेश लेखकको नाम पनि जोडेर चर्चा–परिचर्चा भइरहेको छ । यसरी नाम जोडिएर चर्चा भइसकेपछि पदमा रहिरहन मिल्छ कि मिल्दैन? अनेकन कोणबाट बहस भइरहेको छ । भिजिट भिसा सन्दर्भमा क) राज्यको जिम्मेवारीमा रहेका व्यक्तिबाट अख्तियार दुरुपयोग गरी भ्रष्टाचारजन्य काम हुन्छ भने त्यसको अनुसन्धान र अभियोजन गर्ने जिम्मा संविधानले नै अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई दिएको छ । त्यसैले हरेक वर्ष अनेकन विषयमा हजारौंको संख्यामा अधिकारीहरू माथि अनुसन्धान भैइरहेको हुन्छ ति मध्ये कसैलाई अभियोजन हुन्छ कसैलाई हुदैन, यो नियमित प्रक्रिया हो ।

यो प्रक्रियामा सवैले सहयोग पु¥याउनुपर्छ । वर्तमान सरकारकै पनि दर्जनौ मन्त्रालयका सयौं अधिकारी माथि अहिले अनुसन्धान भै रहेको छ, जुन निकाय वा जो माथि अनुसन्धान भैइरहेको छ सम्बन्धित विषयसंग उनीहरु नै जोडिन्छ । अनुसन्धानका क्रममा नयाँ तथ्य र प्रमाणहरू प्राप्त भए भने, अनुसन्धानको दायरामा अन्य जिम्मेवार प्रशासनिक वा राजनीतिक अधिकारीहरू थपिंदै जान्छन । त्यस्तो अवस्था नआउँदा वा नहुँदासम्म अनुसन्धानको दायरामा नपरेका प्रशासनिक वा राजनीतिक नेतृत्वलाई जिम्मेवार ठह¥याउने विषय न त कानूनी हिसाबले उपयुक्त हुन्छ न त न्यायोचित नै हुन्छ ।

हिजोका दिनमा यस्तो अवस्थामा हामीले भन्दै आएको कुरा यही नै हो र यो भिजिट भिसा प्रकरणका सन्दर्भमा पनि कुरा यही नै हो । ख) माननीय रमेश लेखकले विगतमा प्राप्त जिम्मेवारीहरू जसरी इमान्दारिता र कुशलतापुर्वक निर्वाह गर्दै आउनु भएको छ, गृहमन्त्रीको जिम्मेवारी पनि त्यसरी नै निर्वाह गरिरहनुभएको छ र अहिले उहाँमाथि उठेका प्रश्नहरूमा पनि वेदाग हुनुहुन्छ भन्ने हाम्रो पूर्ण विश्वास हो । तर हामीलाई थाहा छ – कानुनी राज्यमा कसैको विश्वास वा आग्रह भन्दा माथि तथ्य र प्रमाण हुन्छ । भिजिट भिसा प्रकरणमा भइरहेको अनुसन्धान गृहमन्त्रीसम्म पुग्छ भने, अनुसन्धानको दायरामा आएको व्यक्ति पदमा रहिरहने विषय वैधानिक नभई राजनीतिक नैतिकता र वैधताको सवाल बन्न जान्छ । त्यस्तो अवस्थामा भने मन्त्रीको जिम्मेवारीबाट अलग भएर अनुसन्धानलाई सहयोग गर्ने कुरा वाञ्छनीय हुन्छ र उहाँले यसो नै गर्नुहुन्छ भन्ने पनि मलाइ उत्तिकै विश्वास छ ।

हिजोका दिनमा ,मन्त्री अनुसन्धानको दायरामा आएको अबस्थामा हामीले जे भन्दै आएको, यो प्रकरणकामा पनि हाम्रो कुरा यही नै छ, हुनुपर्छ । भिजिट भिसा प्रकरणमा अनुसन्धानमा कुनै अलमल नहोस्, यो संगठित जालो र अपराधमा संलग्न देखिएका दोषी दण्डित हुनुपर्छ । यससंगै भिजिट भिसाको नाममा हुने गरेको ठगिको धन्दा र यसको नेक्सस सँधैलाई बन्द गर्न तथा यो नाममा आम नागरिकले भोग्नुपरेको सास्ति र शोषणको अन्त्य गर्न कानुनी र प्रशासनिक सुधार तत्काल गर्नु आवश्यक छ ।

प्रतिक्रिया