तित्याङको ब्लु हिल: पर्यटकका लागि ‘भर्जिन’ गन्तव्य 

  • ब‌ैशाख १६, २०८१

बागलुङ -   वरीपरी हरियाली जंगल, दायाँबाँयाँ झिरालो जमिन विचमा समथर पहाड । पहाडको डिलबाट चिहाउँदा आँखै अगाडी दर्जनौ हिमश्रङ्कलाको दृश्य, सुन्दर बागलुङ बजार र पर्वत म्याग्दीका विभिन्न ठाउँलाई चिहाउन सकिने । बागलुङ नगरपालिका—९ तित्याङ् डोयको पहाड साच्चै रमणीय छ । ब्लु हिलले नामकरण गरिएको उक्त ठाउँ पर्यटनका लागि ‘भर्जिन’ गन्तव्यको रुपमा विकास गर्न लागिएको छ । बागलुङ बजार देखी झण्डै डेढ घण्टाको गाडी र २ घण्टाको पैदलै यात्रामा पुग्न सकिन ब्लु हिललाई बागलुङ नगरपालिकाले नयाँ पर्यटकिय गन्तव्यको रुपमा विकास गर्न लागेको छ । 

बागलुङ नगरपालिकाको गौरवको योजना
यस क्षेत्रलाई नगरपालिका स्तरीय गौरवको योजनामा समावेश गरी पर्यटकीय गन्तव्य बनाउन पर्यटकीय पूर्वाधार निर्माण गर्न थालेको हो । चालु आर्थिक वर्षबाट पर्यटकीय पूर्वाधार निर्माण गर्न थालेको नगरपालिकाले यहाँको विकास गर्नका लागि विस्तृत अध्ययन प्रतिवेदन (डिपिआर) निर्माण गरेर ब्लु हिल नामाकरण गरेको हो ।

ब्लु हिलमा पर्यटकीय पूर्वाधार निर्माण गर्न यस वर्ष नगरपालिकाले  ७० लाख रुपैयाँ बजेट विनियोजन गरेर पुर्वाधार निर्माणको काम थालनी गरिएको बागलुङ नगरपालिका नगरप्रमुख बसन्त कुमार श्रेष्ठले जानकारी दिए । हरीयाली डाँडालाई ब्लु हिलको रुपमा विकास गरी बागलुङकै नयाा पर्यटकिय क्षेत्रको रुपमा विकास गर्ने योजना रहेको नगरप्रमुख श्रेष्ठले बताए । 
२४ करोड ९० लाख रुपैयाँको लागत
‘ब्लु हिल साच्चीकै रमणीय क्षेत्रको रुपमा विकास गर्नेछौं ।, त्यसका लागि डिपिआर नै तयार पारेर काम अगाडी बढाएका छौं, नगरप्रमुख श्रेष्ठले भने,—‘नगरको गौरवको योजनाको रुपमा यसलाई अगाडी बढाएका छौं,—‘यहाँ पोखराको पामेमा जस्तै ठुलो शिवजीको मुर्ति बन्नेछ, बनभोज स्थल, ध्यान केन्द्र, दृश्य अवलोकन स्थल, शौचालय, जीम हल, पार्किङ लगायतका पूर्वाधार निर्माण हुनेछन । त्यसका लागि  । २४ करोड ९० लाख रुपैयाको लागन अनुमान गरिएको छ ।, पूर्वाधार निर्माणका लागि नगरपालिकाले हरेक वर्ष निरन्तर बजेटको व्यवस्थापन गर्नेछ ।’ नगरपालिकाले चालु वर्षको बजेटले  जग्गा चक्लाबन्दी गर्ने र जग्गा संरक्षण गर्ने लगायतको काम गरेर पुर्वाधार निर्माणका लागि सिलन्यासको काम पनि गरेको छ । 

नगरपालिका भित्रको अत्यन्तै पर्यटकीय संभावना बोकेको यस क्षेत्रलाई धार्मिक पर्यटनको रुपमा विकास गरेर अगाडी बढाईने श्रेष्ठले बताए ।  ‘ब्लु हिल स्वदेशी तथा विदेशी पर्यटकलाई आर्कषित गर्नेगरी नामाकरण समेत गरेका छौं, मौसम खुलेको समयमा यहाँ आउने जो कोहीले यहाँबाट देखिने दृश्याअवलोकनबाट मोहित हुनेछन । यस क्षेत्रमा पर्यटनको धेरै सम्भावना रहेको छ । यस क्षेत्रमा पर्यटकीय पूर्वाधार निर्माण शुरु भइसकेपछि त्यहाँ पुग्ने सडक सहितका अन्य पूर्वाधार विस्तारै निर्माण गर्दै जाने नगरपालिकाले जनाएको छ । 
बागलुङ नगरपालिकाले चालु आर्थिक वर्षमा विनियोजन गरेको रु. ७० लाख बजेटले डोयमा पहिलो पटक गत फागुन देखि पर्यटकीय पूर्वाधार निर्माण गर्न शुरु गरिएको छ । हाल सम्म जग्गा व्यवस्थापनमा रु. २० लाख खर्च भइसकेको छ भने पक्की पर्खाल लागाउने र शिव मन्दिर निर्माणको काम भै रहेको बागलुङ नगरपालिका–९ तित्याङका वडा अध्यक्ष राजु थापाले जानकारी दिए । उनले निलो पहाडका रुपमा रहेको उक्त डोयको डाँडालाई पर्यटकीय गन्तव्य बनाउन ठूला पूर्वाधार निर्माणको काम थालिएको  बताए । 
‘डोयको डाँडालाई ब्लु हिल बनाउछु भन्दा नागरिकले विस्वासै गरेका थिएनन्, अहिले लाखौंको पूर्वाधार बन्न थालेपछि स्थानीय खुसी भएका छन्, यो दीर्घकालिन योजना हो पर्यटकहरु आउदै गर्छन्, पूर्वाधारहरु बन्दै गर्छन्, डिपिआर अनुसार पूर्णता पाउन झण्डै ८ वर्ष लाग्ला, सबै संरचना पूर्ण बनाउन झण्डै २५ करोड खर्च लाग्ने अनुमान रहेको छ वडा अध्यक्ष थापाले भने ।
अहिले यस क्षेत्र जाने कच्ची र साँघुरो सडक रहेको हुँदा यसको स्तरोन्नती गरी कालोपत्र गर्न आवश्यक रहेको अध्यक्ष थापाले बताए ।  ब्लु हिल बाट धौलागिरि, माछापुच्छ्रे, निलगिरी अन्नपूर्ण सहितका दर्जन हिमालहरु देख्न सकिन्छ । यहाँ आउने पर्यटकहरुलाई लक्षित गरी घरबास समेत सञ्चालनमा ल्याउने स्थानीयको योजना रहेको छ । नगरपालिकाले यहाँ पुग्ने सडकका साथै पदमार्ग निर्माणको काम अगाडी बढाउने जनाएको छ । पदयात्रा गर्ने पर्यटकका लागि सहज गराउने उद्देश्यले बागलुङ बजार देखी डोय पुग्ने पदमार्ग निर्माण गरिने बताईएको छ ।   
 

प्रतिक्रिया

ताजा समाचार

लोकप्रिय