बागलुङमा एक वर्षमा ८ हजार बढिले लिए राहदानी  

  • भदौ १६, २०८२

बागलुङ, -  बागलुङमा एक वर्षको अवधिमा ८ हजार बढिले राहदानी सिफारिस लिएका छन ।  जिल्ला प्रशासन कार्यालय बागलुङले सार्वजनिक गरेको तथ्याङ्क अनुसार आर्थिक वर्ष २०८१।०८२को अन्त्य सम्म ८ हजार ९९३ जनाले राहदानी सिफारिस लिएका छन । 
कार्यालयमा विभागबाट प्रिन्ट भएर आएका  ८ हजार ६९४ राहदानी वितरण गरिएको सहायक प्रमुख जिल्ला अधिकारी पौडेलले जानकारी दिए । कार्यालयबाट गत साउन महिनामा मात्र ८ सय ७२ राहदानी सिफारिस गरिएको छ भने ९ सय १२ राहदानी वितरण गरिएको हो । सिफारिस गरिएका राहदानी मध्ये केही दुर्त सिफारिस समेत गरिएको छ । 
सहायक प्रमुख जिल्ला अधिकारी पौडेलका अनुसार वैदेशिक रोजगारी र भिजीटका लागि जाने प्रयोजनकै लागि राहदानी बनाउने गरेको प्रारम्भिक अध्ययनले देखाएको छ । 
बागलुङबाट वैदेशिक रोजगारीमा जानेको संख्या उल्लेखनिय रहेको हुँदा राहदानी बाउनेको संख्या पनि बढि नै रहेको छ ।  
कार्यालयका अनुसार अघिल्लो आर्थिक वर्षमा १ हजार २११ नाबालक परिचयपत्र वितरण गरिएको छ । जसमा नयाँ १ हजार १७९ वटा रहेको छन भने ४० वटा प्रतिलिपि वितरण गरिएको हो । गत साउन महिनामा १ सय १३ नाबालक परिचयपत्र वितरण गरिएको हो । 
गत आ.व.मा कार्यालयबाट ४ हजार ७१८ वटा नयाँ नागरिकता वितरण गरिएको छ भने ४ हजार ६०० नागरिकता प्रतिलिपी वितरण गरिएको छ । त्यसैगरी बैवाहिक अंगिकृत ७ वटा र गैर आवसिय नेपाली नागरिकता २५ वटा वितरण गरिएको सहायक प्रमुख जिल्ला अधिकारी पौडेलले जानकारी दिए । कार्यालयले ७८३ वटा नागरिकता सुधार तथा संसोधन गरेको छ भने १२८ वटा पुरानो नागरिकता प्रविष्टि गरेको छ । कार्यालयले गत साउन महिनामा मात्र ४४० नयाँ नागरिकता वितरण गरेको छ भने ३३८ वटा प्रतिलिपि नागरिकता वितरण गरको हो ।  
सरकारले सामाजिक सुरक्षा भत्ताका लागि राष्ट्रिय परिचय पत्र अनिवार्य गरेपछि साउनमा मात्र दुई हजार जनाको परिचय पत्र विवरण संकलन गरिएको हो । यही समयमा २४२ वटा परिचय पत्र वितरण गरिएको प्रशासन कार्यालयले जनाएको छ । कार्यालयका अनुसार गत आर्थिक वर्षमा कुल २८ हजार ७५४ वटा परिचय पत्रको विवरण संकलन गरिएको थियो । त्यसैगरी कुल २८ हजार ८९९ प्राप्त परिचयपत्रमा १६ हजार २८ वितरण गरिएको छ भने १२ हजार ८७१ परिचयपत्र वितरण गर्न बाँकी रहेको छ । 
कार्यालयले गत आर्थिक वर्षमा कुल ५ करोड १३ लाख ८८ हजार ६६२ रुपैयाँ राजश्व संकलन गरेकोमा गत साउन महिनामा मात्र कुल ४६ लाख ७७ हजार ७०० राजश्व संकलन गरेको तथ्याङक सार्वजनिक गरेको छ । 
त्यसैगरी गत आवमा कुल २३ वटा मुद्धा दर्ता भएका छन भने १९ वटा फछ्यौट भएका छन । त्यसैगरी २२ वटा संस्था दर्ता भएका छन भने १५२ वटा नविकरणका साथै १७ वटा विधान संसोधन गरिएको छ । 
कार्यालयले एक वर्षमा कुल ६५ लाख २१ हजार १३० वैदेशिक रोजगार क्षतिपूर्ति प्रदान गरेको छ भने, १ करोड ६१ लाख ७७ हजार ५०० रुपैयाँ राहत वितरण गरेको छ । त्यसैगरी ३८ लाख ७९ हजार ५०० रुपैयाँ विपदबाट मृत्यु भएका परिवारलाई राहत उपब्ध गराएको छ भने ६४ लाख ८ हजार रुपैयाँ द्धन्द पिडितका लागि राहत उपलब्ध गराएको छ । 
कार्यालयले गत आ.व. मा मात्र ५८ वटा हातहतियार नविकरण गरेको छ भने ४ वटा नामसारी गरेको सहायक प्रमुख जिल्ला अधिकारी पौडेलले जानकारी दिए ।प्रशासन कार्यालयको कामको पारदर्शिताको लागि हरेक महिनामा कार्यालयमा भएका गतिविधि सार्वजनिक गर्दै आएको छ । जिल्ला प्रशासन कार्यालय बागलुङका साथै इलाका प्रशासन कार्यालय बुर्तिबाङबाट पनि नियमित सेवा प्रदान गर्दै आईएको छ । 
 

प्रतिक्रिया