विद्यामन्दिरको अध्यक्षमा श्रीजय श्रेष्ठ 

  • भदौ १९, २०८२

बागलुङ । जिल्लाकै सवैभनदा पुरानो विद्यामन्दिर माध्यामिक विद्यालयको विद्यालय व्यवस्थापन समितिको अध्यक्षमा श्रीजय श्रेष्ठ चयन भएका छन् । बागलुङ नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत ईश्वरी प्रसाद शर्माले श्रेष्ठलाई भदौ १७ गते अध्यक्षमा नियुक्त गरेको पत्र प्रदान गरेका हुन । 
बागलुङ बजारका सफल उद्यमी व्यवसायीको रुपमा परिचित समाजसेवामा पनि उत्तिकै सक्रिय छन् । बागलुङ जेसीजका पूर्वअध्यक्ष, बागलुङ उद्योग वाणिज्य संघका पूर्वकोषाध्यक्ष श्रेष्ठ हाल आस्था बचत तथा ऋण सहकारी संस्थाको अध्यक्ष र हरिलक्ष्मी नारायण प्रसाद श्रेष्ठ स्मृति कोषका संरक्षक हुन । श्रेष्ठकै नेतृत्वमा विद्यामन्दिर माविमा अक्षयकोषको पनि स्थापना गरिएको छ । 
तत्कालिन विद्यालय व्यवस्थापन समितिको अध्यक्ष बाबुलाल शाक्यको समितिको गत पुषको ३ गते बोलाइएको प्रथम भेला र गत श्रावण २८ गते बोलाइएको दोस्रो अभिभावक भेलामा गण पुरक संख्या पुग्न सकेको थिएत । त्यसपश्चान बागलुङ नगरपालिकाको नगर शिक्षा ऐन २०७६ , नियमावली २०७७ र नगरपालिकाको विद्यालय व्यवस्थापन समिति गठन संम्बन्धी कार्यविधि २०८२ को परिधिमा रहेर बागलुङ नगरपालिकाको कार्यपालिका र नगर शिक्षा समितिको निर्णय बमोजिम विद्यालय व्यवस्थापन समिति गठन गरिएको बागलुङ नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृत  शर्माले जानकारी दिए । 
विद्यालय व्यवस्थापन समितिको सदस्य सचिवमा प्रधानाध्यापक छविरमण रेग्मी, सदस्यहरुमा बागलुङ नगरपालिका वडा नं ३ का वडा अध्यक्ष सनि केसी लक्ष्मण, एकनाथ पौडेल, मनिषा खत्री, धनकाजि विश्वकर्मा, नन्दकलि श्रेष्ठ, रिता शर्मा र शिक्षक प्रतिनिधिमा थानेन्द्र गौतम रहेका छन ।  
१९९७ को राणा कालमा ओम प्रसाद गौचत र मेघ कुमार वैघको नेतृत्वमा स्थापना गरिएका यस विद्यालयमा बालविकासदेखि कक्षा १२ सम्म १२ सय जना विद्यार्थी अध्ययरत छन् ।
 

प्रतिक्रिया