बागलुङ नगरपालिका वडा नं. १४ को कार्यालयमा आगजनी

  • कार्तिक २७, २०८२

बागलुङ - बागलुङ नगरपालिका वडा नं. १४ को कार्यालयमा आगजनी भएको छ । मंगलवार राती अज्ञात समुहले गरेको आगलागिबाट  कोठामा रहेका २ थान कम्प्युटर, १ थान ल्यापटप, कुर्सी, एउटा टेवल र टेवलमा भएका कागजात जलेको वडा अध्यक्ष चक्रबहादुर खत्रीले जानकारी दिए । 
आगजनी कसले र किन गरेको हो भन्ने पत्ता नलागेको र आगजनी गर्नेको खोजी भैरहेको अध्यक्ष खत्रीले बताए । घटना मंगलबार रातिको भएको भए पनि बुधबार विहान मात्र थाहा भएको अध्यक्ष खत्रीको भनाई छ । खत्रीका अनुसार  ढोका फुटाउने प्रयास गरेर नसके पछि  झ्यालबाट बासका पात पतिंगर लिएर आगो लगाएको हुन सक्ने अध्यक्ष खत्री अनुमान रहेको छ ।  कोठाका अन्य सामाग्री र महत्वपूर्ण ढड्डाहरु भने दराजमा रहेकाले सुरक्षित रहेको छ ।  क्षतिको सम्पुर्ण विवरण आउन बाकी रहेको खत्रीले बताए  । 

प्रतिक्रिया

ताजा समाचार

लोकप्रिय