आश्रमको महायज्ञ शनिवार सम्म थपियो, एकै दिन एक करोड ५४ लाख संकलन

  • कार्तिक २७, २०८२

बागलुङ । मानव सेवा आश्रम बागलुङ शाखाको भवन निर्माणका लागि आयोजना गरिएको श्रीमत भागवत ज्ञान विज्ञान महायज्ञ शनिबार सम्म थपिएको छ । कात्तिक २१ गते देखी २८ गते सम्म संचालन गरिने भनि आयोजना गरिएको महायज्ञ शनिबार एक दिनका लागि थप गरिएको मानवसेवा आश्रमका केन्द्रीय अध्यक्ष रामजी अधिकारीले जानकारी दिए । स्थानियको सक्रियता र आग्रहलाई स्विकार गर्दै  शनिबारका लागि थप गरिएको अधिकारीले बताए । महायज्ञमा अहिले सम्म चार करोड २० लाख रुपैयाँ संकलन भएको छ । कात्तिक २१ गतेबाट बागलुङ नगरपालिका–४ स्थित आश्रम निर्माणमा महायज्ञ सञ्चालन भइरहेको छ । महायज्ञमा बुधबारमात्रै रु. एक करोड ५४ लाख ३४ हजार सहयोग संकलन भएको महायत्र आयोजक समितिका कोषाध्यक्ष सरिता गौतमले जानकारी दिइन ।

महायज्ञमा मंगलबार मात्रै रु. एक करोड एक लाख रकम संकलन भएको थियो । सोमबार रु.५५ लाख ५४ हजार रकम संकलन भएको थियो । यस्तै आइतबार रु.३८ लाख संकलन भएको थियो । बागलुङ, पर्वत, म्याग्दी लगायत देशका विभिन्न स्थानका साथै विदेशमा रहेका नेपालीहरूले पनि अनलाइनमार्फत सहयोग गरिरहेका छन् । बुधबार महायज्ञमा कर्ण हमाल, होम हमाल, नरेन्द्र हमाल, मकर हमाल र पूर्ण हमालले एक कोठा निर्माणका लागि रु.५ लाख १२ हजार, भुपेन्द्र केसी रु.६ लाख ३८ हजार, दुर्गाबहादुर आचार्यले रु.१ लाख २१ हजार, श्याम–फुलमाया फाउण्डेशनले ८० हजार, शेर श्रीस १ लाख, शालिकराम र जमुना आचार्यले १ लाख ११ हजार, न्यू एभरेस्ट एकेडेमी बागलुङले रु. १ लाख २१ हजार, सिर्जनशील आमा समूहले ५१ हजार, तुलसी भण्डारीले रु.१ लाख ५१ हजार, केदारनाथ शर्माले ५५ हजार सहयोग प्रदान गरेका छन् ।

महायज्ञमा पाँच हजार देखि छ लाख ११ हजारसम्म रकम संकलन भइरहेको छ । महायज्ञमा रु. १० करोड संकलन गर्ने लक्ष्य रहेको छ । मानवीय सेवा सरिक हुँदै मनकारी दाताहरूले गक्ष्य अनुसारको दान गरिरहेको आश्रमका केन्द्रिय अध्यक्ष रामजी अधिकारीले जानकारी दिए । सडक आश्रित, असहाय, अपाङ्ग, मानसिक रोगी तथा घरबार बिहिन सडक मानवको पुनस्र्थापनाका लागि निर्माणाधीन आश्रम बागलुङको भवनमा सहयोग पुग्ने उद्देश्यले आयोजना गरिएको यस महायज्ञमा दाताहरूको उल्लेखनीय सहभागिता रहँदै आएको छ । देश–विदेशमा रहेका बागलुङवासी, संघ–संस्था तथा सहयोगी व्यक्तिहरूले नगद, क्युआर कोड र अन्य माध्यममार्फत सहयोग प्रदान गरिरहेका छन् । महायज्ञ कात्तिक २८ गते सम्म चल्नेछ ।

प्रतिक्रिया