निति कार्यक्रम र बजेट बनाउनु पुर्व ‘शिक्षा संवाद’

  • जेठ २९, २०८०

बागलुङ ।  आगामी आर्थिक वर्षको लागि स्थानिय सरकार निति तथा कार्यक्रम र बजेट ल्याउने तयारीमा जुटेका छन । केन्द्रीय सरकारबाट बजेट आए सँगै प्रदेशको बजेटको प्रतिक्षामा रहेका स्थानिय तह अहिले विभिन्न विषय कस्तो कार्यक्रम र बजेट ल्याउने भन्नेमा छलफल चलाएका छन । 
    आईतबार जिल्लाको बागलुङ नगरपालिकाले शिक्षा सम्बन्धी भावी निति, कार्यक्रम तथा बजेट सम्बन्धमा छलफल गर्नका निम्ती ‘शिक्षा संवादको कार्यक्रम संचालन ग¥यो । नगरक्षेत्रमा रहेका विभिन्न सामुदायिक तथा संस्थागत विद्यालयका प्रध्यानध्यापक र विद्यालय व्यवस्थापन समितिका अध्यक्ष सहभागिता रहेको कार्यक्रममा अबको शिक्षा कस्तो हुनुपर्छ भन्ने विषयमा बृहत छलफल गरिएको थियो । कार्यक्रममा बागलुङ नगरपालिका भित्रको शैक्षिक गुणस्तर सुधारका निम्ती कस्ता कार्यक्रम ल्याउने भन्ने विषयमा छलफल भएको नगरप्रमुख बसन्त कुमार श्रेष्ठले बताए । शिक्षा सम्बन्धी विज्ञहरुको राय सुझाव सहित कार्यक्रममा अबको शिक्षा कस्तो हुनुपर्छ भन्ने विषयमा छलफल भएको श्रेष्ठले बताए । 
कार्यक्रममा उद्घाटन गर्दै गण्डकी प्रदेश सभा सदस्य डिल्लीराम सुवेदीले विद्यालयको शिक्षाको गुणस्तर सुधारका निम्ती प्रध्यान्ध्यापक नै पहिलो माध्ययम भएको बताए । उनले हरेक विद्यालयको शैक्षिक गतिविधि प्रति आम अभिभावकले पनि उत्तिकै चासो दिनुपर्ने कुरामा जोड दिए । ‘विद्यालय प्रशासन कस्तो बनाउनुपर्छ त्यो प्रअको हातमा हुन्छ, व्यवस्थापन समितिले र अभिभावकले विद्यालय प्रशासनलाई सहयोग गर्ने हो, सुवेदीले भने,–‘शिक्षक भनेको हाम्रो समाजको दोस्रो अब्बल पुस्ता निर्माण गर्ने सामाजिक नेता हो  उसको भुमिका समाज सुधारका निम्ती महत्वपुर्ण हुन्छ । यसमा सवैले साथ दिन जरुरी रहेको छ ।’ उनले अबको शैक्षिक निति पुरानै अनुसार नचल्ने समेत बताए । सुवेदीले विद्यालयलाई कुनै राजनिति थलोको रुपमा विकास गर्न नहुने कुरामा जोड दिए । उनले बागलुङ नगरपालिका भित्रका सामुदायिक तथा संस्थागत विद्यालयमा शैक्षिक सुधारका कार्यक्रमलाई थप प्रभावकारी बनाउनका निम्ती कस्ता कार्यक्रम ल्याउने त्यो बृहत छलफल गरेर अगाडी बढ्न सुझाव दिए ।  
सुवेदीले गण्डकी प्रदेश सरकारले ल्याएको निति तथा कार्यक्रममा शिक्षाका अधिकाशं कुराहरु नगरपालिका तहमा गर्न सकिने र प्रदेश र स्थानिय तहले साझेदारी गरेर काम गर्नुपर्ने बताए । 
संवाद कार्यक्रमको सहजीकरण शिक्षाका लागि राष्ट्रिय अभियानका सहजकर्ता अभिषेक घिमिरेल गरेका थिए ।  बागलुङ नगरपालिकाले बालमैत्री नगर घोषणाको लागि आवश्यक तयारी थालेको छ । त्यसका लागि आगामी आर्थिक वर्षमा कस्ता कार्यक्रम अगाडी बढाउनुपर्छ त्यसका बारेमा पनि छलफल भएको नगर शिक्षा अधिकारी धनप्रसाद पोखरेलले बताए । 

No description available.

कार्यक्रममा बागलुङ नगरपालिका वडा नं. १० का वडा अध्यक्ष तिल बहादुर थापा सामुदायिक विद्यालय अभिभावक संघ गण्डकी प्रदेशका अध्यक्ष टिकाराम थापा, सिगाना मावि तित्याङका प्रध्यानध्यापक गोपाल कुमार शर्मा, जनता धन मावि नारायणस्थानका प्रअ कुमार पौडेल, धौलागिरी बहुमुखी क्याम्पसका प्रध्यापक डिल्लीराज गौतम लगायतले बोलेका थिए । 
नगरप्रमुख बसन्त कुमार श्रेष्ठको अध्यक्षता र स्वागतमा सम्पन्न कार्यक्रममा उपप्रमुख राज खड्काको धन्यबाद मन्तव्य र शिक्षा अधिकृत गौरव रानाको संचालनमा सम्पन्न भएको थियो । 

No description available.

No description available.

प्रतिक्रिया