• गृहपृष्ठ /
  • प्रमुख समाचार ,
  • Breaking News ,
  • समाज ,
  • अर्थतन्त्र

मानविय सेवामा समर्पित बनौँ- चन्द्र ढकाल

  • कार्तिक २१, २०८२

बागलुङ -     नेपाल उद्योग बाणिज्य महासंघका केन्द्रीय अध्यक्ष चन्द्र प्रसाद ढकालले मानव सेवामा सवै सर्मपित हुनुपर्ने बताएका छन । 
मानवसेवा आश्रम बागलुङले शुक्रबार देखी संचालन गरेको श्रीमद भागवत ज्ञान विज्ञान महायज्ञको उद्घाटन गर्दै ढकालले उद्योगी व्यापारी लगायत आम सर्वसाधारण सवै मानव सेवामा सर्मपित हुनका लागि आग्रह गरेका छन । उनले विभिन्न संघ संस्थासँग सहकार्य गरेर मानविय सेवामा आफु पनि सर्मपित हुने बताए । 
ढकालले आफ्नो जन्मभुमी बागलुङमा सडकमा आश्रीत मानवका लागि आश्रयस्थल निर्माण जस्तो पवित्र कार्यमा आफु सहभागी हुन पाएको भन्दै यसमा व्यक्तिगत र संस्थागत रुपमा देखिने गरी सहयोग गर्ने प्रतिवद्धता समेत जनाएका छन । ‘म मेरो जन्मभुमीमा छु, आफ्नो जन्मभुमी आफुलाई गर्व लागेर आउँछ । यहाँ ठुलो पुण्यको काम भएको छ ढकालले भने,–‘ यो पुण्य कर्ममा म देखिने गरी सहयोग गर्नेछु, कालिगण्डकीको काख, मुक्तिनाथ र दामोदर कुण्ड नजिकमा निर्माण हुन लागेको मानवसेवा आश्रम भवन निर्माणका निम्ती सवैको साथ र सहयोग आवश्यक छ, सवैले हातेमालो गरौँ ।’ 
उनले आश्रमको भवन निर्माण सम्पन्न गर्न र  अन्य आवश्यक पुर्वाधार बनाउनका निम्ती सवैको सहयोग आवश्यक रहेको बताए । ढकालले जुन उद्देश्यले महायज्ञको आयोजना गरिएको छ त्यो सफलता मिल्नेमा आफ्ुले विश्वास लिएको बताए । 
बागलुङ नगरपालिका–४ निरहेघाटमा निर्माणाधिन अवस्थामा रहेको भवन निर्माणको काम पूर्णता दिन र १० करोडको अक्षयकोष स्थापनार्थ महायज्ञको आयोजना गरिएको हो । महायज्ञमा हाल सम्म १ करोड बढि रकम संकलन भै सकेको महायज्ञ मुल आयोजक समितिका संयोजक सहदेव राजभण्डारीले जानकारी दिए । महायज्ञ आगामी २८ गते सम्म संचालन हुने छ । 
महायज्ञ उद्घाटन अगाडि बागलुङ बजारदेखि महायज्ञस्थल तथा मानवसेवा आश्रम भवन निर्माणस्थल बागलुङ नगरपालिका –४ निरयघाटसम्म शोभा कलशयात्रा गरिएको थियो । कलशयात्रा लोकतान्त्रिक चोकबाट सुरु भइ जिपपार्क, नगर खानेपानी, राइटर चोक, शिवधारा हुँदै देउराली चोक, विद्या मन्दिर, नारायण चोक, लालीगुँरास चोक, गोदाम चोक, बुद्धचोक, अदालत रोड, अस्पताल रोड, मरेपीपल र लाम्पाटा हुँदै निरयघाटस्थित महायज्ञस्थलमा समापन भएको थियो ।

कलश यात्रामा देउराली आमा समूह नौमती बाजा, नवजागृति आमा समूह, कालिका आमा समूह, शुक्लेश्वरी ज्ञानज्योति आमा समूह, एकल आमा समूह, धौलागिरी प्राविधिक शिक्षा प्रतिष्ठानलगायतका विभिन्न समूहहरूको सहभागिता रहेको यात्रामा धार्मिक झाँकी, बाजागाजा र विभिन्न सांस्कृतिक प्रस्तुति गरिएको थियो ।
 

 

प्रतिक्रिया